आज सेमिफाइनल

काठमाडौं, २ चैत । एसियन फुटबल कन्फेडेरेसन -एएफसी) च्यालेन्जकपको इतिहासमा पहिलोपटक एसियाका सबै एएफसी क्षेत्रको प्रतिनिधित्व गर्दै चार देश शुक्रबार सेमिफाइनलमा भिड्दै छन् ।
दुवै खेल दशरथ रङ्गशालामा हुनेछन् । साढे दुई बजे सुरु हुने सेमिफाइनलको
पहिलो खेलमा तुर्कमेनिस्तान र फिलिपिन्स भिड्नेछन् भने साढे ६ बजे सुरु हुने दोस्रो सेमिफाइनलमा प्यालेस्टाइन र उत्तर कोरियाबीच प्रतिस्पर्धा हुनेछ ।
समूह चरणमा तुर्कमेनिस्तान समूह ‘ए’ को विजेता र प्यालेस्टाइन उपविजेता बनेका थिए । त्यस्तै समूह ‘बी’ मा उत्तर कोरिया विजेता र फिलिपिन्स उपविजेता भएका थिए ।
एसियाका चार क्षेत्रमध्ये उत्तर कोरिया पूर्वी एसिया, फिलिपिन्स दक्षिणपूर्वी एसिया, प्यालेस्टाइन पश्चिम एसिया र तुर्कमेनिस्तान मध्य एसियामा पर्छन् । यसअघिका तीनवटै संस्करणको सेमिफाइनलमा यसरी फरक-फरक क्षेत्रका टोली प्रवेश गर्न सकेका थिएनन् ।
फिलिपिन्स पहिलोपटक सेमिफाइनलमा पुगेको हो । यस प्रतियोगितामा प्यालेस्टाइन भने सेमिफाइनल पुग्ने पहिलो पश्चिम एसियाली टोली बनेको छ । तुर्कमेनिस्तान गत संस्करणको उपविजेता र उत्तर कोरिया विजेता हुन् ।
सेमिफाइनलको पूर्वसन्ध्यामा बिहीबार आयोजित  पि्र-म्याच कन्फेरेन्समा चारवटै टोलीले उपाधि जित्ने दाबी गरे । तुर्कमेनिस्तानका प्रशिक्षक याज्गुली होजागेल्दियेभले उपाधि जित्दै आगामी एसियन कपका लागि छनोट हुने लक्ष्य रहेको बताए । गत संस्करणको फाइनलमा उत्तर कोरियासाग हारेपछि तुर्कमेनिस्तानले सन् २०११ मा सम्पन्न एसियन कपमा सहभागी हुन पाएको थिएन ।
सेमिफाइनलमा तुर्कमेनिस्तानसाग भिड्ने फिलिपिन्सले पछिल्ला खेलमा बलिया टोलीहरूलाई हराएकाले शुक्रबारको भिडन्तमा जितको नतिजाका लागि खेल्ने बताएको छ । ‘तुर्कमेनिस्तान, ताजिकिस्तानजस्तै हो,’ ताजिकिस्तानविरुद्ध जित हात पारेको विषयलाई इङ्गित गर्दै फिलिपिन्सका प्रशिक्षक माइकल वेसिसले टोलीको मनोबल उच्च भएको बताए ।
उत्तर कोरियाका प्रशिक्षक जुन सुले प्यालेस्टाइन बलियो प्रतिद्वन्द्वी भएको स्वीकार गरे । तर आˆनो टोलीले स्वाभाविक प्रदर्शन गर्ने उनको भनाइ छ । प्यालेस्टाइनका प्रशिक्षक जमल मौमुदले उत्तर कोरियाविरुद्ध आफूहरू परिचित भएको भन्दै खेल जित्नका लागि विशेष रणनीति तयार गरेको बताए ।
‘उत्तर कोरियाका हरेक म्याच हामीले हेर्‍यौं, त्यसैले उनीहरूले कसरी खेल्छन् हामीलाई थाहा छ,’ मौमुदले भने । तुर्कमेनिस्तानसाग बराबरी खेल्नुबाहेक समूहका बााकी दुई खेलमा प्यालेस्टाइन विजयी भएको थियो । उत्तर कोरियाले भने समूहचरणमा शतप्रतिशत नतिजा निकालेको थियो ।

प्रतिक्रिया