रियलको यात्रा जारी

म्याडि्रड, २८ फागुन । एक गोलले पछि परेको रियल म्याडि्रड रियल बेटिसलाई ३-२ ले पराजित गरेपछि स्पेनिस पि्रमियरा लिगको अङ्क तालिकामा दोस्रो स्थानमा रहेको बार्सिलोनालाई १३ अङ्कले पछि छाड्न सफल भएको छ । रियलको जितमा दुई गोल गरेका क्रिस्टियानो रोनाल्डोले चालु सत्रमा व्यक्तिगत गोलसङ्ख्या ३२ पुर्‍याएका छन् । प्रशिक्षक होजे माउरिन्होको एकसयांै खेलमा जित हात पारेसागै रियल सन् २००८ पछि पहिलो लिग उपाधिको नजिक पुगेको छ । लगातार १० आंै जित हात पारेको रियलले घरेलु भूमिमा भएको खेलमा लगातार ११-११ ले विजय आत्मसात गरेको हो ।
५५ हजार घरेलु समर्थकको माझमा खेलिएको खेलको १० औं मिनेटमा बेटिसले जर्ज मोलिनाको गोलमार्फत अप्रत्यासित अग्रता लिएको थियो । १५ आंै मिनेटमा मेसट ओजिलको पासमा गोन्जालो हिगुइनको गोलमार्फत रियल खेलमा फर्किएको थियो । दोस्रो हाफको सातांै मिनेटमा रोनाल्डोले मार्सेलोको पासलाई उपयोग गर्दै गोल गरेपछि रियलले पहिलो अग्रता लिएको थियो । रक्षक अल्भारो अर्बेलाको गल्तीका कारण म्याडि्रडको अग्रता तीन मिनेटभन्दा बढी टिक्न सकेन । अर्बेलाले बल क्लियर गर्न नसकेपछि जेफरसन मन्टेरोले बेटिसका लागि गोल गरे । ७३ आंै मिनेटमा बेटिसका गोलरक्षक फाबि्रसियोले सर्जियो रामोसकोे हेडलाई फर्काएपछि रोनाल्डोले रिबाउन्डमा गोल गरे ।
अर्को खेलमा अजाक्विनको गोलमा लेभानटेलाई १-० ले पराजित गर्दै मालागा चौथो स्थानमा उक्लियो । रियल सोसाइडाडले भने रियल जारागोजालाई ३-० ले हरायो ।

टोटनहामको लगातार तेस्रो हार
लन्डनः  इंग्लीस पि्रमियरसिपको शनिबार राति भएको खेलमा तेस्रो स्थानको टोटनहाम हस्टस्पर्स एभरटनसाग १-० ले पराजित भएको छ । टोटनहामको यो लगातार तेस्रो लिग हार हो । एभरटनका लागि सर्व स्ट्राइकर निकिका जेलाभिकले पहिलो हाफमा गोल गरे । अन्य खेलमा डिडियर ड्रोग्वाले एकसयांै इपिएल गोल गरेपछि चेल्सीले स्टोकलाई १-० ले पराजित गर्‍यो । सन्डरल्यान्डले लिभरपुलमाथि १-० को जित हात पार्‍यो भने बोल्टनले क्विन्सपार्क रेन्जर्सलाई २-१ ले हरायो । चेल्सीलाई जित दिलाउने क्रममा ड्रोग्वाले हुवा माटाको क्रसलाई उपयोग गरेका थिए । ब्रानिस्लाभ इयानोभिकलाई फल प्रहार गरेका रिकार्डो फुलरले रातो कार्ड पाएपछि स्टोक २५ मिनेटदेखि नै १० खेलाडीमा सीमित थियो । सन्डरल्यान्डलाई जित दिलाउने क्रममा डेनमार्कका स्ट्राइकर निकोलस बन्टलरले ५६ आंै मिनेटमा गोल गरे । लगातार तेस्रो जित हात पारेको सन्डरल्यान्ड लिभरपुलभन्दा दुई अङ्क कम लिएर आठांै स्थानमा छ ।
पराजयपछि तेस्रो स्थानमा रहेको टोटनहाम आर्सनल र चेल्सीभन्दा चार अङ्कले मात्र अघि रहेको छ । आर्सनलले एक खेल कम खेलेको छ ।

रोमाको जित
रोमः इटालियन सेरि ए फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा पार्लेमोलाई १-० ले पराजित गर्दै एएस रोमाले अर्को सत्रको च्याम्पियन्स लिग फुटबल खेल्ने सम्भावना जीवित नै राखेको छ ।
फाबियो बोरिनीले तेस्रो मिनेटमा गरेको गोलमा जित हात पारेको रोमा छैटांै स्थानमा उक्लेको छ । एक दिनअघि कग्लारीलाई २-० ले पराजित गरेको इन्टर मिलानलाई रोमाले एक अङ्कले पछि छाडेको हो । रोमाको ४१ अङ्क छ । लाभेलाले अर्को एक अवसर पाए पनि उनको प्रहारलाई विपक्षी गोलरक्षक एमिलियानो भिभियानोले बचाए ।

प्रतिक्रिया