महोत्सवको तयारी अन्तिम चरणमा

दाङ, २१ फागुन । अन्तर्राष्ट्रिय लोकसांस्कृतिक पर्यटन महोत्सवको समय नजिकिादै जांदा दाङमा उल्लास बढ्दै गएको छ । आगामी २९ र ३० फागुन तथा १ चैत्रमा घोराहीमा हुन लागिरहेको महोत्सवमा नेपाललगायत विश्वका १३ देशका साढे दुई सयभन्दा बढी कलाकारको सहभागिता रहने भएको छ । यसका लागि आयोजकले तयारी तीव्र बनाएका छन् ।
दुई सय ४५ जना विदेशी र नेपालका २० देखि २५ जनासम्म कलाकारको सहभागिता हुने आयोजकले बताएका छन् । विदेशी कलाकारले आˆनो देशका सांस्कृतिक प्रस्तुति पस्कादा नेपालबाट राप्ती अञ्चलका पांचै जिल्लाबाट लोकसांस्कृतिक पहिचानसहितका प्रस्तुति रहने महोत्सवका सह-संयोजक नित्यानन्द शर्माले बताए । महोत्सवमा  सख्या-पैाया नृत्य, बड्का नृत्य, लठ्ठे नाच र मयुर -सेरिङ्गे) नाचको प्रस्तुत गर्ने तयारी भइरहेको बताइएको छ ।
नायक राजेश हमालको पनि सहभागिता गराउने तयारी भइरहेको सो महोत्सवमा स्वदेशी तथा विदेशी कलाकारका लागि आयोजकले खाना खर्चमा मात्र १५ लाख रुपियां छुट्याएको छ । जिल्लाका सम्पूर्ण होटल बुकिङ हुने भएका छन् । महोत्सवले ती होटलमा विदेशी कलाकारलाई नेपाली पहिचान झल्काउने खानाको तयारी गरेको छ ।
महोत्सवमा नेपाली कलाकारहरू हेमन्त शर्मा, नवीन पौडेल, पार्वती जिसी, दुर्गा रायमाझी, नारायण रायमाझी, चन्द्र शर्मा, प्रकाश भट्ट, पार्वती राई, रामजी खान, विष्णु खत्री, राधिका हमाल, सङ्गीता थापा र शकुन्तला थापाले साङ्गीतिक प्रस्तुति पस्कनेछन् भने हास्यकलाकार कमल गाउाले, दीपक थापालगायतको प्रहसन रहनेछ ।

प्रतिक्रिया