एएफसीका लागि नेपाली टिमको घोषणा

काठमाडौं, १९ फागुन । अखिल नेपाल फुटबल संघले एएफसी च्यालेन्ज कपका लागि नेपाली खेलाडीको छनौट गरेको छ ।
संघका प्रवक्ता ललितकुष्ण श्रेष्ठले शुक्रावर विज्ञप्ती जारी गरेर टिममा २० खेलाडीको छनौट गरिएको जनाएका छन् । फागुन २५ गतेदेखि चैत्र ६ गतेसम्म नेपालमा एएफसी च्यालेन्ज कप फुटबल हुँदैछ ।
टिममा छनौट भएका खेलाडीहरुमा किरण कुमार लिम्बु, रितेश थापा, विकास मल्ल, सागर थापा, रोहित चन्द, विराज महर्जन, रविन श्रेष्ठ, संदिप राई, दीपक भुषाल र सविन्द्र श्रेष्ठ रहेका छन् ।
त्यसै गरेर जितेन्द्र कार्की, राजु तामाङ, भोला सिलवाल, निराजन खडका, भरत खवास, टंक वस्नेत, जुमनु राई, सन्तोष साहुखल, गणेश लावती र अनिल गुरुङपनि टिममा छनौट भएका छन् ।

प्रतिक्रिया