प्रहरीलाई एथ्लेटिक्समा थप ५ स्वर्ण

कैलाली, १९ फागुन । छैटौ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्समा नेपाल प्रहरीले अन्तिम दिन थप ५ स्वर्ण जिते पछि एथ्लेटिक्समा सबैभन्दा बढि १६ स्वर्ण जित्न सफल भएको छ ।
अन्तिम दिन म्याराथुनमा दुई स्वर्ण हात पारे पछि एपीएफले एथ्लेटिक्समा स्वर्ण संख्या ११ पुराएको छ ।
यस्तै मध्यपश्चिम र पश्चिमाञ्चलले तीन तीन स्वर्ण आफ्नो नाममा लेखाउदा मध्यमाञ्चल, पीएलए र सुदुरपश्चिमले एक–एक स्वर्ण जित्न सफल भए । एथ्लेटिक्समा भाग लिएका  टिम मध्ये पूर्वाञ्चल बाहेका सबै टँेलीले स्वर्ण जित्न सफल भए ।  धनगढी रंगशालामा आज पुरुष तथा महिला माराथुन दुबै स्वर्ण एपीएफले जित्न सफल भयो  । पुरुष म्याराथुनमा एपीएफका अर्जुन ढकालले निर्धारित दुरी २ घण्टा २८ मिनेट ९ सेकेन्डमा पार गर्दै स्वर्ण पदका जितेका हुन् । यस अघि अर्जुनले १० हजार मिटरको स्वर्ण जितेका थिए । यस्तै नेपाल पुलिसका नारायण देसारले रजत जितेका छन् भने एपीएफका खेम खत्रीले का“स्यमा चित्त बुझाएका छन् ।
यता महिला म्याराथुनको स्वर्ण एपीएफकी कृष्णेश्वरी सिन्तकलाले निर्धारित दुरि ३ घन्टा ११ मिनेट २३ सेकेन्डमा पार गर्दै स्वर्ण जितेकी छन् । यो स्पर्धाको रजत पश्चिमाञ्चलकी पुष्पा भन्डारीले जित्दा एपीएफकी सोनु राईले का“स्यमा नाम लेखाइन् । ८ सय मिटरको स्वर्ण नेपाल प्रहरीका सिद्धान्त अधिकारीले निर्धारित दूरि २ मिनेट २५ दशमलव ५० मिनेटमा पुरा गर्दै  स्वर्ण जितेका छन् । रजत पश्चिमाञ्चलका  ऋषिराम सापकोटाले जित्दा पुलिसका राधेश्यम कावाले कास्य जितेका छन् ।
महिला ८  सय मिटरको स्वर्ण नेपाल प्रहरीका मनमती अधिकारी २ मिनेट २५ दशमलव ५० सेकेन्डमा दूरि पार गर्दै स्वर्ण जितिन् रजत पश्चिमाञ्चलकी मनिषा अधिकारी र का“स्य पश्चिमाञ्चलका लक्ष्मी पाण्डेलेको जितेका छन् । यता त्रिपल जम्पको स्वर्ण ११ दशमलव ०७ मिटर नाध्दै एपीएफकी केशरी चौधरीले जितेकी छिन् भने पुरुष त्रिपल जम्पको स्वर्ण पुलिसका नारायण उरावले  जितेका छन् ।
यता पुरुष चार गुणा एक सय मिटरको स्वर्ण मध्यमाञ्चलले ४४ दशमलव ७ सेकेन्डमा निर्धारित दुरि पार गर्दै जित्यो । महिला चार गुणा एक सय मिटरको स्वर्ण नपाल प्रहरीले ५२ दशमलव ९ सेकेन्डमा कुद्दै जितेको छ ।

बास्केटबल
छैटौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष बास्केटबलको स्वर्ण मध्यमान्चलले जितेको छ ।
आज भएको फाइनल खेलमा मध्यमान्चलले युनिर्भसिटीको टिमलाई ५२ का विरुद्ध ५५ अंकले पराजित गदै स्वर्ण पदक जित्न सफल भएको हो । मध्यमान्चलका लागि  बिनोद महर्जनले सर्बाधिक १५ स्कोर बनाएका थिए ।
पश्चिमान्चलले पुर्वान्चललाई ७७, ७० स्कोरले पराजित गदै कास्य पदक हात प्राप्त गरेको छ । पश्चिमान्चलका लागि सुजन पुनले सबैभन्दा बढी २१ स्कोर गरेका थिए । विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब युवराज लामाले पुरस्कार वितरण गरेका थिए ।

ह्यान्डबल
राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ह्याण्डबलको स्वर्ण पश्मिान्चलले जितेको छ ।
आज भएको फाइनल खेलमा पश्मिान्चलले एपीएफ क्लबलाई १४ का विरुद्ध १७ गोल अन्तरले पराजित गदै स्वर्ण पदक जित्न सफल भएको हो ।
मध्यमान्चलले सुदुरपश्चिमान्चलाई १७ का विरुद्ध १८ गोल अन्तरले पराजित गर्दै कास्य पदक प्राप्त गरेको छ । प्रतियोगितामा सुदुरपश्चिमान्चलका प्रबीन ओझा बेस्ट प्लेयर घोषित भएका छन् ।
त्यस्तै, पश्चिमान्चलका बिपिन बिष्ठ वेस्ट स्कोरर र सुदुरपश्चिमान्चलका सूर्यराज भट्ट वेस्ट गोलकिपर घोषित भएका छन् ।

महिला भलिबल
नेपाल पुलिस क्लबले छैटौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको स्वर्ण पदक हात पारेको छ ।
क्षेत्रीय रंगशालाको परिसरमा भएको फाइनल खेलमा पुलिस क्लबले पश्मिान्चललाई १४,२५, २५, ८, २५, १८ र २५, १९ को प्रतिस्पर्धात्मक सेटमा पराजित गदै स्वर्ण पदक जित्न सफल भयो । खेलको पहिलो सेटमा जित हात पारेको पश्मिान्चलत त्यसपछिका तीन वटा सेटमा भने लगातार पराजित भएको थियो ।
प्रतियोगितामा पुलिसकी कोपिला उप्रेती वेस्ट प्लेयर चुनिएकी छिन् । यता पुलिसकी खेलाडी अन्जु श्रेष्ठले भने खेल जिबनबाट सन्यास लिएकी छिन् । त्यस्तै, आजै भएको तेस्रो स्थानका लागि भएको खेलमा एपीएफ क्लबले मध्यमान्चललाई २५ २३, २५ १५ र २५ १७ को सेटमा पराजित गदै कास्य पदक हात पा¥यो ।

प्रतिक्रिया