साहसिक खेल गतिविधिमा तीव्रता

सौर्य समाचार


काठमाडौ, १० फागुन । साहसिक खेलसम्बन्धी दुई संस्था ‘एक्सटि्रम वल्र्ड च्यालेन्जेज’ र ‘डन टिल डस्क’ले साहसिक खेल प्रतियोगिताका रूपमा कठिन साइक्लिङ रेस ‘याक एट्याक’को सुरुआत गरेको आधा दशक नाघिसकेको छ । उक्त रेसले काठमाडौ देखि नुवाकोट हुंदै नौ जिल्ला समेट्ने गरेको छ । रेसमा सहभागी हुने विदेशीका दृष्टिमा समेत उक्त रेसमार्ग अत्यन्त कठिन र चुनौतीपूर्ण ट्रयाक हो । सहभागीकै नजरमा अत्यन्त रोमाञ्चक पनि ।
नेपाल साइक्लिङ सङ्घका समेत अध्यक्ष रहेका डन टिल डस्क संस्थाका प्रमुख छिम्मी उर्केन गुरुङ आफूले आयोजना गरेको रेसमा २० जनाको हाराहारीमा विदेशी सहभागिता रहने बताउाछन् । गुरुङले दिएको जानकारीअनुसार १० हजार अमेरिकी डलर बराबरको कारोबार रेसमा सहभागी विदेशीसाग हुने गर्दछ ।
नेपाल अटोमोबाइल स्पोर्टस एसोसिएसन -नासा)ले नियमित रूपमा वुमन बाइकर्स रेस र सिन्सियर सिटिजन मोटर र्‍यालीको आयोजना गरिसकेको छ । यसका अलावा हिमालयन एक्सपिडिसनले सोलखुम्बुमा नियमित रूपमा हाइ अल्टिच्युड रेस आयोजना गर्ने गरेको छ । गत वर्षमात्रै स्थापित नेपाल अल्पाइन स्पोर्टस एसोसिएसनले जुम्लामा केन्दि्रत रहादै हाइ अल्टिच्युड रेसको तयारी गरिरहेको छ ।
मूलधारका खेलकुदले निराशा बनाएको पछिल्ला वर्षहरूमा पर्यटकीय खेलकुदको बढ्दो चहलपहलले आर्थिक उन्नतिको आधार पनि तयार भएको छ । यो सक्रियता र गतिविधिले पर्यटन र खेलकुदलाई एकै ठाउामा जोड्न सकिन्छ भन्ने आत्मविश्वास पनि सम्बन्धित खेलका अधिकारीमा पलाएको छ । नासाका महासचिव गोविन्द भट्टराई पर्यटकीय खेलकुद नयां दिशामा गएको र फड्को मार्ने थुप्रै आधार तयार भएको बताउाछन् ।
दुई वर्षयता सक्रिय हुन थालेको नासा गत महिनामात्र मोटर स्पोर्टसको अन्तर्राष्ट्रिय महासङ्घ एफआइएमा आबद्ध भइसकेको छ । नासाले ट्राफिक सुरक्षासम्बन्धी जनचेतना फैलाउने र प्रतिस्पर्धाको भावना जगाउने दोहारो उद्देश्यका साथ दुवै प्रतियोगिता आयोजना गर्दै आएको हो । साइक्लिङ, मोटर स्पोर्टस, बन्जी जम्प, हाइ अल्टिच्युड रेस र बिचभलिबलले नेपालको आन्तरिक र बाह्य पर्यटनमा ठूलो सहयोग गरेको दाबी ती खेलका अधिकारीको छ ।  बाह्य पर्यटक भित्र्याउने सवालमा चितवनको सौराहामा हुने खेल स्पर्धा प्रमुख छन् । पर्यटकीय खेलका लागि महत्वपूर्ण मानिने सौराहामा केही वर्षदेखि नियमित रूपमा हात्ती दौडको आयोजना भएको छ । वाषिर्क रूपमा हात्ती पोलोको पनि आयोजना गरिादै आएको छ ।
गत वर्ष सौराहामा रत्ननगर होटल व्यवसायी सङ्घले महिला बिचभलिबलको आयोजना गर्‍यो । सोही प्रतियोगिताको सफलताका कारण अर्को संस्करण अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा आयोजना गर्ने तयारी रहेको होटल व्यवसायी शङ्कर सैजू बताउाछन् । सैजू केही वर्षमै सौराहा पर्यटकीय खेलका लागि अन्तर्राष्ट्रिय क्षेत्रको पि्रय स्थान हुने सम्भावना व्यक्त गर्छन् ।
यस्तै विभिन्न गतिविधिका कारण उत्साहित पर्यटकीय खेलका अग्रणीले गठन गर्न आाटेको नेपाल पर्यटकीय खेल महासङ्घको तयारी पनि अन्तिम अवस्थामा पुगेको छ । महासङ्घका प्रस्तावित महासचिवसमेत रहेका नासाका महासचिव भट्टराई पांच विकास क्षेत्रमा भिन्न केन्द्र बनाएर पर्यटकीय खेल सञ्चालन गर्न सकिने बताउाछन् । हिमाली क्षेत्रमा हाइ अल्टिच्युड रेस, सहरी क्षेत्रमा टिडिएस सिस्टमको मोटर रेस र हृवाइट वाटरमा हुने प्रतिस्पर्धाले नेपाललाई समाजिक र आर्थिक रूपमा समृद्ध गराउन सकिने सम्भावना प्रबल रहेको छ ।

प्रतिक्रिया