टेनिसलाई कहिल्यै माया गरिनः सेरेना

न्युयोर्कः उनी टेनिस च्याम्पियन हुन् । आˆनो उत्कर्षमा रहेको वेला उनलाई कसैले हराउन सक्दैनथ्यो । तर, उनै व्यक्तित्व अर्थात्, विश्व टेनिसजगत्मा सबैभन्दा सफल महिला खेलाडीमध्येकी एक, सेरेना विलियम्सले आफूले सो खेललाई कहिल्यै माया नगरेको बताएकी छन् । एकल स्पर्धातर्फ १३ ग्रान्डस्लाम उपाधि जित्न सफल सेरेनाले सिएनएनसागको कुराकानीमा सो अभिव्यक्ति दिएर विश्व टेनिसलाई नै आश्चर्यचकित बनाएकी छन् ।
‘मैले अहिले मात्र टेनिसलाई माया नगरेको होइन ।’ टेनिस प्रेमबारे सोधिएको जिज्ञासामा सेरेनाको प्रतिक्रिया थियो, ‘मैले खेलकुदलाई कहिल्यै मन पराइना । सांच्चै भन्ने हो भने कसरी खेलाडी भएा नै आश्चर्य लाग्छ ।’ उनले सो जिज्ञासामा उत्तर दिन लामो समय खर्चिएकी थिइन् । ‘मलाई खासमा कुनै काम नै गर्न मन लाग्दैन,’ उत्तरको क्रमलाई लम्ब्याउादै उनले अगाडि थपिन्, ‘मलाई शारीरिक काम गर्न मन पर्दैन । यदि सुत्न र सपिङका रूपमा त्यो भए त्यसमा भने म अब्बल हुने थिएा ।’
अब्बल प्रतिभाकै कारण प्रायः युवा खेलाडी सेरेनालाई आदर्श बनाउने गर्दछन् । तर, उनको पछिल्लो अभिव्यक्तिबारे विभिन्न प्रकारका आलोचनाहरू भएका छन् ।  कतिपयले एकाएक चर्चामा आउन सेरेनाले सो अभिव्यक्ति दिएको हुनसक्ने अनुमान गरेका छन् । खेल ‘सेलिब्रेटी’बाट पप संस्कृतिको ‘आइकन’ बन्नका लागि उनले सो अभिव्यक्ति दिएको हुनसक्ने उनीहरूको आरोप छ ।
कतिपयले सेरेनामा डिप्रेसन हुनसक्ने अनुमान गर्दै चिन्ता प्रकट गरेका छन् । पछिल्लो समय अमेरिकामा ७० प्रतिशत मानिसहरू आˆनो कामप्रति सन्तुष्ट नहुने गरेको अनुसन्धानबाट थाहा भएको थियो ।
चोटका कारण केही समयअघि सेरेना करिब एक वर्ष कोर्टबाहिर रहेकी थिइन् । एकपटक पार्टी मनाउने क्रममा सिसाले खुट्टा काटेपछि सेरेनालाई रगत जम्ने समस्या देखापरेको थियो । त्यसबाट मुक्त हाुदै गतवर्षको अन्त्यतिर उनी पुनः कोर्टमा फर्किएकी थिइन् । लामो समयपछि फर्केको भए पनि उनी सन् २०११ को अन्तिम ग्रान्डस्लाम युएस ओपनमा फाइनलसम्म पुगेकी थिइन् ।
सेरेनाले आˆनो खेलजीवनमा एकलतर्फ १३, महिला युगलमा १२ र मिश्रति युगलमा दुई गरी हालसम्म २७ ग्रान्डस्लाम उपाधि हात पारेकी छन् । -एजेन्सी)

प्रतिक्रिया