एएफसी च्यालेन्ज कपमा प्रेसलाई सहुलियत हुन

काठमाडौ  ७ फागुन । आसन्न एसियन फुटबल कन्फेडेरेसन (एएफसी) च्यालेन्ज कपको आयोजना तयारीमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार खेलकुद पत्रकारसँग अन्तक्र्रिया गरयो ।
प्रतियोगिताको समाचार सङ्कलन सहजताका लागि सुझाव लिने उद्देश्यले नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले सो कार्यक्रमको आयोजना गरेको हो ।
अन्तक्र्रियामा, विगतमा समाचार सङ्कलन गर्ने क्रममा पत्रकारले विभिन्न प्रकारका सास्तीको सामना गर्नुपरेको बताउँदै त्यस्तो अवस्था सिर्जना हुन नदिन व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर छलफल भएको थियो ।
‘विगतमा प्रहरी र आयोजकबाट पत्रकारले दुव्र्यवहार खेप्नुपरेको परिप्रेक्ष्यमा अब त्यस्तो गल्ती हुन दिनेछैनाँै,’ एन्फा अध्यक्ष गणेश थापाले भने, ‘यसमा स्वयं पत्रकार पनि सचेत हुनु आवश्यक छ ।’ खेलकुद पत्रकारले भने एन्फाले सुझाव मात्र सङ्कलन गर्ने गरेको तर लागु नगरेको भन्दै त्यसलाई  सुधार गर्न सुझाव दिए ।
यही फागुन २५ देखि चैत ६ सम्म काठमाडौँमा सञ्चालन हुने यो प्रतियोगिता, नेपाली मैदानमा हुन लागेको अहिलेसम्मकै सर्वाधिक ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।  प्रतियोगिताको उद्घाटन विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष सेप ब्लाटरले गर्नेछन् । उनी पहिलोपटक नेपाल आउन लागेका हुन् ।
प्रतियोगिताका कतिपय खेल वा ती खेलको दोस्रो मध्यान्तर चहकिलो बत्तीमा सञ्चालन गरिने योजना रहेको अध्यक्ष थापाले बताए । उनले नेकपा (ए माओवादी) अध्यक्ष पुष्पकमल दाहालको विशेष पहलमा चीन सरकारको सहयोगमा पाँच करोड रुपैयाँ लगानीको शक्तिशाली जेनेरेटर नेपाललाई प्राप्त भइसकेको जानकारी एन्फा अध्यक्षले दिए ।
अन्तक्र्रियामा एन्फाका उपाध्यक्षद्वय महेश विष्ट र कर्मा छिरिङ, प्रवक्ता ललितकृष्ण श्रेष्ठ, सञ्जीव मिश्रलगायत अन्यको उपस्थिति थियो भने खेल पत्रकार करिब कार करिब एक सयको हाराहारीमा थिए ।

प्रतिक्रिया