छैटौ राष्ट्रिय खेलकुदमा नरावाजी

कैलाली, १६ फागुन गते । सुदूरपश्चिममा जारी छैटौ राष्ट्रिय खेलकुदमा  व्यवस्थापन फितलो भएको भन्दै तेक्वान्दो युनियनका खेलाडहरुले नाराबाजी गरेका छन् ।
प्रदर्शनी खेलको रुपमा रहेको तेक्वान्दो युनियनका खेलाडीले आफूहरुका लागि खान बस्नको उपयुक्त व्यवस्था नभएको तथा खेलुकद सामग्री उपलब्ध नगराइएको भन्दै नाराबाजी गरेका हुन् ।
खेलाडीले कैलालीको धनगढीस्थित राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी समितिको सचिवालय अगाडी नाराबाजीसहित केहीबेर प्रदर्शन गरेका थिए । युवा तथा खेलकुदमन्त्री कमला रोकाका स्वकीयसचिव मुनाल शाहीले भोलिसम्ममा माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि खेलाडी साम्य भएका थिए ।
यसअघि पनि खेलाडीले प्रतियोगिताको व्यवस्थापन पक्ष कमजोर रहेको भन्दै असन्तुष्टी जनाउदै आएका थिए ।

प्रतिक्रिया