काठमाडौं, १५ कात्तिक । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सामुदायिक तथा सरकारी विद्यालय शिक्षाको गुणस्तर बढाउन सरकार गम्भीर भएर लागि परेको बताएका छन् ।
काठमाडौंमा आज (शुक्रबार) आयोजित कार्यक्रममा मन्त्री कोइरालाले सरकारी र निजी क्षेत्रको शैक्षिक खाडल नपुरेसम्म शिक्षामा वास्तविक सुधार नआउने स्पष्ट पारे ।
‘सरकारले छुट्याएको अधिकांश रकम शिक्षकको तलबमा खर्चिनाले शिक्षा गुणस्तरीय हुन सकेन,’ उनले भने, ‘बजेट बनाउँदा अब यस्ता विषयमा गम्भीर भएर लाग्नु पर्छ ।’
विद्यालयको भौतिक र शैक्षिक वातावरण सुधार्न सकेमात्र शिक्षाबाट अपेक्षित उपलब्धि हात पार्न सकिने विश्वास मन्त्री कोइरालाको भनाई छ । ‘विद्यालयको सुधारमा सरकार नीतिगत र प्रक्रियागत सुधार गर्न तत्पर छ,’ उनले भने ।
प्रतिक्रिया