काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गृहमन्त्री लेखकले आफूलाई जोडेर भइरहेको प्रचार असत्य भएको दाबी गरेका हुन् ।
उनले भने, ‘यो असत्य र बेठिक कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन, मलाई मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढंगले आक्रमण गरिएको छ , यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ ।’
‘त्रिभुवन अध्यागमनका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएर उनीसँग रहेका कागजात र मोबाइल डिभाइसहरू सञ्चारमाध्यमबाट जानकारी पाएँ,’ उनले भने, ‘अख्तियारले अनुसन्धान थालेको यस विषयलाई लिएर मन्त्रीको संलग्नता छ भन्ने गरी विचारहरू अभिव्यक्त भएका छन् ।’
गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा जोडिएको भन्दै विपक्षी दलहरुले संसद बैठक अवरोध गरिरहेका छन् ।
प्रतिक्रिया