काठमाडौँ । सिद्धार्थ बैंक र लाइल्याक वेलनेस एण्ड स्पा बौद्धबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाइल्याक वेलनेस एण्ड स्पा काठमाडौंमा बैंकको प्लेटिनम डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सम्पूर्ण सेवामा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया