रेल दुर्घटनामा ३५ को मृत्यू

नयाँदिल्ली । भारतको विहार राज्यको सहरसा जिल्लामा रेल दूर्घटना हुँदा कम्तिमा ३५ जनाको मृत्यू भएको छ । रेलमा अधिकांस हिन्दू तीर्थयात्री रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सहरसा र मानसी क्षेत्रमा रहेको दुर्गम धमहारा घाट स्टेशनमा दुर्घटना भएको हो । धमहारा घाट स्टेशन नजिक रहेको कात्यायनी मन्दिरमा प्रत्येक सोमबर ठूलो मेला लाग्ने गर्दछ ।
घटनापछि आक्रोशित तीर्थयात्रुले रेलका चालक र गार्डलाई पिटेका छन् । रेलको एउटा डिब्बामा आगो लगाइदिएका छन् । उनीहरुले रेलका केही कर्मचारीलाई बन्धक बनाएका छन् ।

रेल राज्यमन्त्री अधीर रञ्जनले दुर्घटनाग्रस्त रेलको गति ८० किलोमिटर प्रतिघण्टा रहेको जानकारी दिए । भारतमा दैनिक ९ हजार यात्रुवाहक रेलले १ करोड ८० लाख यात्रुलाई सेवा पुर्‍याउदै आएको छ ।

प्रतिक्रिया