भारत र पाकिस्तानले गरे एक–एक कुटनीतिज्ञलाई देश निकालाको घोषणा

इस्लामावाद । पाकिस्तान र भारतले मंगलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देश निकाला गर्ने घोषणा गरेका छन् । दुवै पक्षले आ–आफ्ना अधिकारीमाथि जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् ।

पाकिस्तानले इस्लामावादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई देशमा रहन अस्वीकार्य व्यक्ति घोषणा गरेको छ । ती अधिकारीलाई २४ घण्टाभित्र देश छाड्न आदेश दिइएको पाकिस्तानको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘पाकिस्तानी प्रशासनले भारतीय कार्यवाहक राजदूतलाई सोधपुछका लागि परराष्ट्र मन्त्रालयमा बोलाएको र उक्त निर्णयबारे औपचारिक जानकारी दिएको थियो’, विदेश मन्त्रालयले भनेको छ, ‘मन्त्रालयले भारतीय नियोगलाई आफ्ना कर्मचारीहरूलाई उनीहरूको कूटनीतिक जिम्मेवारीसँग मेल नखाने कार्यहरूबाट जोगिन सुनिश्चित गर्न आग्रह गरेको छ ।’

यसअघि, भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा कार्यरत एक अधिकारीलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको थियो ।

भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देश छोड्न आदेश दिइएका पाकिस्तानी कूटनीतिज्ञले ‘भारतमा आफ्नो आधिकारिक हैसियतअनुरूप गतिविधिमा संलग्न नभएकोले उहाँलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिइएको छ ।’

प्रतिक्रिया