बैंकक । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मंगलबार निलम्बन गरेको छ । अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो ।
मुलुकको राजनीति वर्षौँदेखि रूढीवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग र सिनावात्रा परिवारबीचको संघर्षले हावी भएको छ । सिनावात्रा परिवारलाई रूढीवादी, सैन्य समर्थक र शाही समर्थक अभिजात वर्गले थाइल्यान्डको परम्परागत सामाजिक व्यवस्थाका लागि खतरा मान्छन् ।
३८ वर्षीया पेटोङटार्नलाई उहाँका बुबा एवं पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही मानहानिको आरोपमा फौजदारी अदालतको सामना गर्नुपरेको दिन नै झट्का लागेको छ ।
पेटोङटार्नले एक वर्षभन्दा कम समयअघि सत्ता सम्हालेकी थिइन् । तर संवैधानिक अदालतले सीमा विवादका क्रममा उहाँले मन्त्रिपरिषद्को नैतिकता उल्लंघन गरेको आरोपमा अनुसन्धान भइरहेकाले उनलाई निलम्बन गरिएको बताइएको छ ।
कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो ।
लिक भएको रेकर्डिङ अनुसार जब पेटोङटार्नले कम्बोडियाका पूर्वनेता हुन सेनलाई तनावबारे छलफल गर्न फोन गरिन् । उनले हुन सेनलाई काका भनिन् र एक थाई सैन्य कमान्डरलाई आफ्नो प्रतिद्वन्द्वी भनेर उल्लेख गरिन् । उक्त फोनवार्ताले व्यापक आक्रोश निम्त्यायो ।
रूढीवादी सांसदहरूले उनलाई कम्बोडियासामु झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाए र मन्त्रीहरूमा स्पष्ट इमानदारी र नैतिक मापदण्डहरू आवश्यक पर्ने संवैधानिक प्रावधानहरू उल्लंघन गरेको आरोप लगाए ।
‘संवैधानिक अदालतले ७–२ को बहुमतले प्रतिवादीलाई जुलाई १ देखि संवैधानिक अदालतले आफ्नो निर्णय नगरेसम्म प्रधानमन्त्रीको दायित्वबाट निलम्बन गर्छ’, एक विज्ञप्तिमा भनिएको छ ।
गम्भीर कमजोरी
पेटोङटार्नको फेउ थाई पार्टी पहिले नै यो काण्डमा परेका कारण एक प्रमुख रूढीवादी गठबन्धन साझेदारले त्यागेको छ र हजारौँले सप्ताहन्तमा बैंककमा उनको नेतृत्व विरुद्धमा विरोध प्रदर्शन गरेका छन् ।
उनका सहयोगीहरूले राजीनामा गरेपछि थाइल्यान्डका राजाले मंगलबार पेटोङटार्नको मन्त्रिमण्डल फेरबदललाई अनुमोदन गरे । उनले आफूलाई संस्कृति मन्त्रीको पद तोकेका छन् भने बिहीबार यो पद ग्रहण गर्नेछन् । तर संवैधानिक अदालतले अनुसन्धान गरिरहेको बेला उनले त्यो भूमिका लिन सक्छन् कि सक्दैनन् भन्ने अस्पष्ट छ ।
अलग रूपमा मंगलबार उनका बुबा थाक्सिन थाइल्यान्डका राजालाई आलोचनाबाट जोगाउन प्रयोग गरिने कडा राजद्रोह कानूनको उल्लंघनको आरोपमा बैंककको एक फौजदारी अदालतमा उपस्थित भए ।
सन् २०१५ मा थाक्सिनले दक्षिण कोरियाली मिडियालाई दिएको अन्तर्वार्ताबाट यी आरोपहरू उत्पन्न भएका हुन् भने दोषी ठहरिएमा उनलाई १५ वर्षसम्म जेल हुन सक्छ । मुद्दा हप्ताौँसम्म चल्नेछ, त्यसपछि कम्तीमा एक महिनासम्म फैसला आउने अपेक्षा गरिएको छैन ।
अदालतका एक अधिकारीले मंगलबार बिहान थाक्सिनको उपस्थितिमा मुद्दा सुरु भएको पुष्टि गरे तर मिडियालाई भित्र छिर्न अनुमति नदिने बताए । ‘उहाँ कस्तो महसुस गर्नुहुन्छ भन्नेबारे म उहाँको तर्फबाट बोल्न सक्दिनँ, तर मलाई लाग्छ उहाँ शान्त देखिनुहुनेछ’, उनका वकिल विन्यात चाटमोन्ट्रीले अदालत बाहिर भने ।
थाई राजनीतिक विश्लेषक थिटिनान पोङ्सुधिरकले भने, ‘दुई मामिलाबीच प्रत्यक्ष निर्विवाद सम्बन्ध छ किनकि सिनावात्रा परिवारको ब्रान्डले गम्भीर कमजोरीको सामना गरिरहेको छ ।’
प्रतिक्रिया