अधिक तरलताको अबस्था कायमै, आज २५ अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ तरलता बैकहरूबाट खिच्दै छ । बैंकहरुले लगानी गर्न नसक्दा तरलता चाप बढेपछि राष्ट्र बैंकले निरन्तर निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता खिच्दै आइरहेको छ । जसअनुसार आज पनि राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत २५ अर्ब रुपैयाँ तरलता खिच्न लागेको जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप योजनामा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँ भाग गर्दा निःशेष भाग जाने रकमबराबर आवेदन दिन पाउने छन् ।

प्रतिक्रिया