हिमालयन बैंकको ठमेल शाखा सञ्चालनमा

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये न्यूरोड शाखा – २ लाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका वडा नं २७, ठमेल, काठमाडौं स्थित संचय कोष भवनबाट ठमेल शाखा नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमकाबीच उक्त शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणाले शुभारम्भ गरेका हुन् ।

प्रतिक्रिया