काठमाडौं । नेकपा माओवादीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सहभागीहरुले नालायक प्रधानमन्त्री राजीनामा दे, नालायक गृहमन्त्री राजीनामा दे, दलाल सरकार मुर्दावाद, मानव तस्कर सरकार मुर्दावाद आदि लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
पछिल्लो समय गृहमन्त्री लेख भिजिट भिसा प्रकरणमा जोडिएको विषय र प्रधानमन्त्री ओलीको उत्तेजक अभिव्यक्तिको कारण चौतर्फी आलोचना र विरोध भइरहेको छ ।
त्यसैगरी विभिन्न विपक्षी राजनीतिक दलहरुले पनि गृहमन्त्री लेखकको राजीनामा मागिरहेका छन् । त्यसैको समयमा वाईसीएलले पनि आज मंगलबार प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
प्रतिक्रिया