गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाको लाथि स्थगित भएको छ ।

आज मंगलबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरुले अवरोध गरेका थिए । विपक्षी दलका तर्फबाट माओवादी केन्द्रका वर्षमान पुनले राजीनामा नदिएसम्म संसद सञ्चालन हुन नदिने बताए ।

‘यस सम्बन्धमा गृहमन्त्रीजीले राजीनामा दिएर मार्गप्रशस्त गरिदिनुहोस् भनेर हाम्रो विनम्र अनुरोध छ, उहाँको संलग्नता छ भनेर हामीले दाबी गरेका छैनौँ,’ पुनले भने, ‘तर, यति गम्भीर विषय उठेपछि स्वं गृहमन्त्रीले नै राजीनामा दिएर सहज वातावरण बनाइदिनुहोस् ।’

त्यसपछि सभामुख देवराज घिमिरेलाई बैठक सञ्चालनमा समस्या भइरहेको थियो । त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाको लागि स्थगित भएको घोषणा गरेका हुन् । यतिबेला गृहमन्त्री लेखकको चौतर्फी आलोचना तथा विरोध भइरहेको छ ।

प्रतिक्रिया