लुम्बिनीमा झडप, दुई जना पेस्तोलसहित पक्राउ

                                                                                  लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिका– ११ स्थित जितवापुर गाउँमा झडप हुँदा एक जना घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार, झडप शनिबार राति करिब १२ बजे महायज्ञ कार्यक्रम चलीरहँदा भएको हो । झडपमापरी २७ वर्षीय विक्रम सिंह लोध घाइते भएका छन् ।

झडपमा संलग्न रहेको आशंकामा लुम्बिनी सांस्कृतिक नगरपालिका( ५, मोहसड बस्ने २७ वर्षीय कलामुद्दिन मुसलमान र २६ वर्षीय रोशनअली फकिरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘पक्राउ परेकाहरूको साथबाट एक थान कटुवा पेस्तोल जस्तो देखिने सामाग्री बरामद गरिएको छ,’ प्रहरी प्रवक्ता कार्कीले भने ।
घाइतेलाई उपचारका लागि भैरहवास्थित भीम अस्पताल लगिएको छ ।

उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र शान्ति सुरक्षा कायम राख्न घटनास्थलमा ब्यापक प्रहरी परिचालन गरिएको बताइएको छ ।

प्रतिक्रिया