काठमाडौं । रुकुम पश्चिमको सोती हत्याकाण्ड सम्झिँदै दलितका लागि दलित अभियान नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ । जातीय हिंसाविरुद्ध भन्दै उनीहरुले जनप्रदर्शन कार्यक्रम गरेका हुन् ।
नवराज विकसहित ६ जनाको हत्या भएको दिन जेठ १० गतेलाई उनीहरुले कालो दिनको रुपमा मनाउने गरेका छन् । २०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका– ८ सोतीमा नवराज विकसहित ६ जना किशोर तथा युवाको हत्या भएको थियो ।
आफ्नी प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज बिक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी सेती नदीमा बगाइएको थियो ।
प्रतिक्रिया