नागढुंगा–नौबिसे सडक साढे चार घण्टापछि खुल्दा काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनको लर्को (फोटोफिचर)

काठमाडौं । नागढुंगा–नौबिसे सडकखण्डमा पूर्ण रुपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको छ । आज १० गतेबाट २५ गतेसम्म बिहानको १०ः३० बजेदेखि ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको हो ।

नागढुंगा–पिपलामोड सडक निर्माण तथा कालोपत्रेको लागि सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । सो सडकको विकल्पमा साना र मझौला सवारीका लागि धार्के सीतापाइलाको सडक प्रयोग गर्न र ठूला सवारीका लागि टोखा छहरे सडक प्रयोग गर्न आयोजना अनुरोध समेत गरेको छ ।

काठमाडौंबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ । आज पहिलो दिन पूर्ण रुपमा बन्द गरेर साढे चार घण्टापछि नागढुंगा–नौबिसे सडकखण्ड खुल्दा काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरिने सवारीसाधनहरुको लर्को लागेको छ ।

प्रतिक्रिया