राप्रपाको धार्मिक तथा जनजागरण अभियान सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज धार्मिक तथा जनजागरण अभियानको सञ्चालन गरेको छ । जमल क्षेत्रमा पार्टी अध्यक्षद्वय राजेन्द्र लिङ्देन र कमल थापाको उपस्थितिमा सो अभियानको शुभारम्भ गरिएको हो ।

काठमाडौं उपत्यकालाई लक्षित गरी सुरु गरिएको धार्मिक तथा जनजागरण अभियान जेठ ११ र १२ गते ललितपुर र भक्तपुर जिल्लाका सबै नगरपालिकाहरुमा राप्रपाले जनाएको छ । सो अवसरमा स्थानीय जनतासँग सम्पर्क र सम्वाद गरिने कार्यक्रमहरु समेत तय गरिएको छ ।

प्रतिक्रिया