यसरी हुँदै छ नागढुंगा–नौबिसे सडकखण्ड बन्द गरेर निर्माण कार्य

काठमाडौं । आजबाट नागढुंगा–नौबिसे सडकखण्डमा पूर्ण रुपमा बन्द गरेर निर्माण कार्य सुरु गरिएको छ । आज १० गतेबाट २५ गतेसम्म बिहानको १०ः३० बजेदेखि ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको हो ।

नागढुंगा–पिपलामोड सडक निर्माण तथा कालोपत्रेको लागि सडक बन्द गर्नु परेको आयोजनाले बताएको छ ।

सो सडकको विकल्पमा साना र मझौला सवारीका लागि धार्के सीतापाइलाको सडक प्रयोग गर्न र ठूला सवारीका लागि टोखा छहरे सडक प्रयोग गर्न आयोजना अनुरोध समेत गरेको छ ।

काठमाडौंबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ ।

प्रतिक्रिया