बार्सिलोना । बार्सिलोनाका फरवार्ड राफिन्हाले क्लबसँग २०२८ सम्मका लागि सम्झौता थप गरेका छन् । ब्राजिलका अन्तर्राष्ट्रिय खेलाडी राफिन्हाले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै ५६ खेलमा ३४ गोल र २५ असिस्ट गरेका छन् । यो सिजन प्रशिक्षक हान्सी फ्लिकले सबैभन्दा बढी भर गरेका खेलाडी राफिन्हा नै थिए । बार्सिलोनाका लागि यस सिजन सबैभन्दा बढी गोल गर्ने खेलाडी भने राबर्ट लेवान्डोव्स्की थिए । उनले ४० गोल गरेका छन् । २८ वर्षीय राफिन्हाले च्याम्पियन्स लिगमा बार्सिलोनाका लागि सबैभन्दा बढी १३ गोल गरे । यद्यपि, सेमिफाइनलमा इन्टरमिलानसँग पराजित हुँदै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको थियो ।
यस सिजन रियल मड्रिडविरुद्ध भएका ४ वटै ‘एल क्लासिको’ खेलमा बार्सिलोनाले जित हात पार्दा राफिन्हाले १६ मध्ये ५ गोल गरेका थिए । राफिन्हाको योगदानमा बार्सिलोनाले यस सिजन स्पेनिस ला–लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप जितेको थियो ।
राफिन्हा सन् २०२२ मा इंग्लिस क्लब लिड्स युनाइटेडबाट बार्सिलोना पुगेका थिए । आफ्नो पहिलो सिजनमा उनले १० गोल र १२ असिस्ट गरेका थिए । सन् २०२३–२४ मा उनले १० गोल र १३ असिस्ट गरे । यस सिजन बोलाने डि ओर अवार्डको दाबेदारको रूपमासमेत रफिन्हा छन् । नयाँ सम्झौतापछि उनले यस क्लबमा आएको समयमा भन्दा अहिले धेरे नै परिपक्व भइसकेको बताए । उनले यस क्लबमा अझ धेरै सफलता दिलानउ सकिने कुरामा जोड दिए । आइतबार बार्सिलानोले यस सिजनको अन्तिम खेलको रूपमा क्लब एथलेटिकसँग खेल्ने छ ।
यस सिजन बार्सिलोनाले ३ उपाधि जितेको छ भने च्याम्पियन्स क्लबको सेमिफाइनलबाट बाहिरिएको हो । गत वर्ष क्लबले धेरै महत्व नदिएको महसुस गर्दै उनी साउदी प्रो लिगमा आवद्ध हुने सम्भावना पनि देखिएको थियो । उनको खेल जीवन भने संघर्षमय रहेको थियो । ब्राजिलको सामान्य क्लबबाछ व्यावसायिक फुटबलको सुरुआत गरेका उनले युरोपमा पहिलो प्रवेश गर्ने क्रममा स्पोर्टिङ लिस्बनमा आवद्ध भएका थिए । राफिन्हा अअिले जीवनकै सबैभन्दा बेजोड फर्ममा छन् । उनले पछिल्ला १४ खेलमा १३ गोल गर्नुका साथै ९ एसुस्ट गरेका छन् ।
प्रतिक्रिया