रेग्मीद्वारा निर्वाचनमा सहयोग गर्न अपील

Khilraj Regmi Cjकाठमाडौं, १७ चैत । अन्तरिम मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले असार पहिलो साता हुन लागेको निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् ।
राजधानीमा आज पाल्पाली समाजले आयोजना गरेको कार्यक्रममा रेग्मीले निर्वाचनबाट मुलुकलाई निकास दिनुपर्ने बताए । ‘मुलुकलाई निर्वाचनले नै निकास दिन्छ,’ उनले भने, ‘आउँनुस् सबैले सहयोग गरौं ।’
निर्वाचनबाट भाग्न नहुँने बताएका उनले मुलुकलाई निर्वाचन पछि आर्थिक उन्नती तर्फ लैजानुपर्ने उल्लेख गरे । राजनीतिक अस्थिरताका कारण मुलुकमा आर्थिक अवस्था नाजुक हुँदै आएको बताए ।

प्रतिक्रिया