नाडा र भन्सार विभागबीच बजेटबारे छलफल

काठमाडौँ । बुधबार नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेट गरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलको क्रममा महासचिव सुरेन्द्रकुमार उप्रेतीले नाडाका विभिन्न समितिहरूमा छलफल गरी तयार गरेको आर्थिक वर्ष २०८२÷०८३ को बजेटसम्बन्धी सुझावहरू पेस गरेका छन् ।

सो भेटघाट तथा छलफलमा महासचिव उप्रेतीले नाडाले स्वच्छ व्यवसायका लागि वातावरण तयार गर्न सरकारलाई सुझाव दिँदै आएको उल्लेख गरे । सोही क्रममा महानिर्देशक भट्टराईले व्यवसायीहरूले स्वच्छ व्यवसायलाई आत्मसात गर्नुपर्ने बताए । सो छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, लुब्रिकेन्टस् समितिका उपसभापति दीपक कुमार, सदस्य अमरज्योति रन्जितकर र अंकुर खनाल समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया