सांग्रिलाले सञ्चालनमा ल्यायो ‘बुद्धभूमि बचत खाता’

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उच्च र आकर्षक ब्याजदरसहितको बुद्ध भूमि बचत खाता सञ्चालनमा ल्याएको छ । यही १ चैतबाट सञ्चालनमा आएको सो खाता आमनेपाली नागरिकका लागि बचत गर्ने बानी बसाउने तथा आफ्नो मिहिनेतको कमाइको राम्रो प्रतिफल पाउने एक अवसर भएको बैंकले जनाएको छ ।

५ हजार रूपैयाँ न्यूनतम ब्यालेन्समा खोल्न सकिने सो खातामा ग्राहकले अधिकतम (हाललाई ५ प्रतिशत) ब्याज पाउनुका साथै व्याज दैनिक गणना गरी हरेक त्रैमासमा खातामा जम्मा हुनेछ । यो खाता १८ वर्ष पुगेका सबै नागरिकले खोल्न मिल्ने बैंकले जनाएको छ ।

उक्त खाता खोल्ने ग्राहकले निःशुल्क चेक, भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ र एसएमएस सेवा, पाउनुका साथै यस सांग्रिला डेभलपमेन्ट बैंकका कुनै पनि शाखाको बैंकिङ सुविधा उपयोग गर्न पाउनेछन् ।

प्रतिक्रिया