मुगु । जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाँउपालिकाको वन क्षेत्रमा पाइने बहुमुल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि समम सुरु भएको छ । यार्सा संकलनको समय सुरु भएसँगै मुगुम कार्मारोङ गाँउपालिकाले आगामी १३ जेठमा वन प्रवेश खुला गर्ने भएको हो । यहाँका विभिन्न क्षेत्रमा पाइने यार्सागुम्बा संकलनका लागि जिल्लाका बासिन्दा र बाहिर जिल्लाबाट सर्वसाधारण यार्सा संकलनका लागि आउने गर्दछन् ।
जिल्लावासीका लागि प्रतिव्यक्ति २ हजार र बाहिरी जिल्लाबाट आउने संकलनकर्ताका लागि २ हजार ५०० रुपैयाँ वन प्रवेश शुल्क निर्धारण गरिएको गाँउपालिकाकाले जनाएको छ ।
वन प्रवेश खुला गर्ने भएसँगै यार्सा संकलनका क्रममा वातावरणमा असर पुग्ने कार्य नगर्न संकलनकर्तालाई मुगुम कार्मारोङ गाँउपालिकाकाले आग्रह गरेको छ । यार्सा संकलनका समयमा सिसा प्लास्टिकजन्य वस्तु नफाल्न र जथाभावी रुखबिरुवा नकाट्न र चोरी नगर्न आग्रह गरिएको मुगुम कार्मारोङ गाँउपालिकाकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।
मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको रिमाण, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायत वनमा यार्सा पाइन्छ । वन प्रवेशका लागि गाँउपालिकाले वन प्रवेश शुल्क बुझाएका संकलनकर्ताले आगामी १३ जेठ बिहान वन क्षेत्रमा प्रवेश गर्न पाउने भएका छन् ।
अनुमति नलिई यार्सागुम्बा संकलक पुुगे पाटन
गाउँपालिकाअन्तर्गत पर्ने पाटन क्षेत्रमा सुुरक्षा चुनौतीले अनुमति नलिई यार्सागुम्बा संकलन गर्नेहरू वन प्रवेश गरिसकेका छन् । गाउँपालिकाको निर्णयअनुसार आगामी १३ जेठमा मात्र यार्सा संकलनका लागि पाटन प्रवेशको अनुमति दिने भनिएको भए पनि यार्सा चोरी गर्नेहरू वन प्रवेश गरिसकेका छन् ।
सुुरक्षा चुुनौतीसँगै चोरी गर्ने मनसायले यार्सा संकलहरू समयअघि नै सयौँ संकलक पाटन क्षेत्रमा प्रवेश गरेका छन् । मुगुम कामारोङ गाउँपालिकाका स्थानीयका अनुसार दैनिक २०० भन्दा बढी व्यक्ति, स्थानीय र बाह्य जिल्ला यार्सा संकलक रातारात पाटन प्रवेश गरी यार्सा संकलनमा लागेका छन् ।
अवैध प्रवेशबारे सूचना आएपछि गाउँपालिका, सुरक्षा निकाय र सरोकारवालाबीच बैठक बसी गाउँपालिकाको नियम उल्लंघन गर्नेहरूमाथि कडा जरिवाना र कानुनी कारबाहीको तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।
गएको वर्ष यार्सा संकलनमार्फत गाउँपालिकाले ७१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । यस वर्ष त्योभन्दा बढी ८० लाखसम्म राजस्व संकलन गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष छिरिङ लामाले बताए ।
यार्सा संकलनलाई व्यवस्थित गर्न गाउँपालिकाले नेपाल प्रहरी सशस्त्र प्रहरी सरोकारवालासँगको समन्वयमा अनुमति प्रणालीमा कडाइका साथ लागू गर्ने जनाएको छ । तर, पछिल्ला केही वर्षदेखि यार्सागुम्बाको परिमाण कम हुँदै गएको स्थानीयहरूको भनाइ छ । यार्साको संरक्षण र व्यवस्थापनमा चुनौती थपिँदै जाँदा पालिकाले नियम पालना गराउन थप सुुरक्षा चुनौती थपिएको छ ।
मुगु
प्रतिक्रिया