कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिबाट इतर पक्षलाई दबाब

काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई दबाब दिएका छन् । शुक्रबार इतर पक्षको बैठक बसिरहेको चुनदेवीस्थित कार्यालयमा पुगेर पालिकाका प्रमुख उपप्रमुखले पार्टी फुटाउनेतर्फ नलाग्न दबाब दिएका हुन् ।

नेताहरुलाई भेट्न काठमाडौंको तारकेश्वर नगरपालिका, भक्तपुरको मध्यपुर थिमी नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिकाका मेयरलगायतको टोली चुनदेवी पुगेको थियो ।

गगन थापा विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि कांग्रेसमा विवाद छ । थापा विशेष महाधिवेशनबाट सभापति बनेका हुन् ।– तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया