रियलमीकाे स्मार्टवाच र एयरवड्स बजारमा

काठमाडौं । रियलमीले स्मार्टवाच र एयरवड्स सार्वजनिक गरेको छ । उत्कृष्ट अडियो अनुभव र स्मार्ट कनेक्टिभिटी प्रदान गर्ने लक्ष्यसहित कम्पनीले रियलमी वड्स टी१००, रियलमी बड्स टी२००, रियलमी बड्सटी५०० प्रो तथा रियलमी वाच डब्लु५ नेपाली बजारमा उपलब्ध गराएको हो । यी उत्पादनहरू विभिन्न मूल्य वर्गमा उपलब्ध भएकाले उपभोक्ताले आफ्नो आवश्यकता र बजेट अनुसार सहज रूपमा छनोट गर्न सक्नेछन् ।

दैनिक प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको रियलमी बड्स टी१०० को मूल्य २ हजार ४९९ निर्धारण गरिएको छ । त्यस्तै, रियलमी बड्स टी२०० को मूल्य ४ हजार ४९९ तोकिएको छ, भने प्रिमियम अडियो अनुभव र एआईमा आधारित स्मार्ट सुविधाको खोजी गर्ने प्रयोगकर्तालाई लक्षित रियलमी बड्स टी५०० प्रोको मूल्य ७ हजार ४९९ रुपैयाँ तोकिएको छ । यस पोर्टफोलियोलाई पूर्णता दिने रियलमी वाच डब्लु५ स्मार्टवाचको मूल्य १० हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया