सिटिजन्स बैंकको दीर्घ सेवा सम्मान

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा लगातार १० वर्ष र १५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घ सेवा सम्मान गरेको छ । बैंकले १० वर्ष सेवा प्रवाह गरेका ६१ जना र १५ वर्ष सेवा प्रवाह गरेका १८ जना गरी जम्मा ७९ जना कर्मचारीलाई प्रमाणपत्रसहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेको हो ।

उक्त सम्मान बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले प्रदान गरे । सो अवसरमा बोल्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नका लागि कर्मचारीको मिहिनेत, लगनशिलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरको बताए ।

साथै उनले आगामी दिनमा पनि आफ्नो तर्फबाट सतप्रतिशत योगदान दिन आग्रह गरे । सोही समारोहमा बैंकले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ । बैंकले १ चैतलाई कर्मचारीको दिनको रूपमा मनाउँदै आएको छ । बैंकले १८औँ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा १ महिने वार्षिकोत्सवसम्बन्धी कार्यक्रमहरू आयोजना गरिरहेको छ । बैंकमा हाल १ हजार ८०० कर्मचारीहरू कार्यरत रहेका छन् ।

प्रतिक्रिया