जसपा सर्लाहीका अध्यक्ष विरेन्द्रकुमार रायले छाडे पार्टी

सर्लाही । जनता समाजवादी पार्टी नेपालका सर्लाही जिल्ला कार्यसमिति अध्यक्ष विरेन्द्रकुमार रायले पार्टीबाट राजीनामा दिएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरि उनले पदबाट राजीनामा दिएका हुन् ।

जनता समाजवादी पार्टी, नेपाल सर्लाही जिल्ला कार्यसमितिको वर्तमान अवस्था र व्यक्तिगत कारण देखाउदै अध्यक्ष रायले २०७५ साल बैशाख २ गतेदेखि सम्हाल्दै आएका जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

२०८१ माघ ५ गते नै आफुले पार्टीलाई राजिनामा बुझाएको तर ७ दिन बितिसक्दा पनि पार्टीले विभिन्न बहानामा राजिनामा स्वीकृत नगरेकोले जिल्ला कार्यसमिति सर्लाहीको मार्ग प्रसस्त गर्नका लागि माघ ११ गते शुक्रबार देखि नै आफू पार्टीको साधारण सदस्य समेत नरहने गरि अध्यक्ष पदबाट राजीनामा दिएको नेता रायले जनाएका छन् ।

उनले सर्लाही जिल्ला कार्यसमितिको लामो समयसम्म नेतृत्व गरेको र सो अवधिभर आफुलाई सहयोग गर्नु हुने पार्टीका सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद समेत दिएका छन् । नेता रायसंगै पार्टीका थप ६५ जना नेता तथा कार्यकर्ताहरुले सामुहिक रुपमा राजीनामा दिएका छन् ।

प्रतिक्रिया