पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु

काठमाडौं । अन्तर्राष्ट्रिय बेलुन महोत्सव आजबाट पर्यटकीय नगरी पोखरामा सुरु भएको छ । महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्याण्ड, भियतनामलगायत विभिन्न देशको प्रतिनिधित्व छ ।

यो महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ ।

९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै आज १३ ओटा बेलुन पोखराको आकासमा उडेको छ ।– तस्वि नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया