हुन्डाईको क्रेटा इभी चितवनमा

काठमाडौँ । नेपालमा हुन्डाई सवारी साधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भरतपुर र चितवनमा नयाँ क्रेटा इभी सार्वजनिक गर्दै अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । हुन्डाई नेपालले ग्राहकलाई प्रदान गरिरहेको उच्च गुणस्तरको सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कले गर्दा उपभोक्ताहरूको मन जित्न सफल भई मंगलबार नेपालको अग्रणी अटो ब्रान्डहरू मध्ये एक बनेको छ । कम्पनीका अनुसार नयाँ क्रेटा इभीको आगमनले विद्युतीय सवारीसम्बन्धी सोच र शंका भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन थप सजिलो बनाएको छ ।

धेरैलाई इभी खरिद गर्दा स्पेयर पाट्र्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शंका हुने गरेको देखिन्छ । तर, हुन्डाईले देशमै क्रेटा आइसिई, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको छ । क्रेटा इभी र आइसिई दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले कुनै पनि समस्या नहुने कम्पनीले बताएको छ ।

साथै हुन्डाईले इभी इकोसिस्टमलाई पनि अझै मजबुत बनाउन रि–लक्स चार्जिङको नेटवर्क विस्तार गर्दै छ जसअन्तर्गत अहिले नै देशभरका विभिन्न ठाउँहरूमा रि–लक्स डिसी र एसी गरी ६६ चार्जर सुरू भइसकेको छ । त्यसैले ग्राहकहरूलाई हुन्डाइको पेट्रोल (आइसिई) र इभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पाट र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ । नेपालको हरेक क्षेत्रमा यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ ।

प्रतिक्रिया