काठमाडौं । भारतीय कांग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर संसदको विशेष अधिवेशन बोलाउन माग गरेका छन् ।
भारत र पाकिस्तानबीचको द्वन्द्व रोक्न शनिबार साँझ सहमति भएपछि राहुलले आइतबार प्रधानमन्त्री मोदीलाई पत्र लेखेका हुन् । यस पत्रमा उनले लेखेका छन्, ‘म फेरि एक पटक विपक्षीको सर्वसम्मत समर्थनमा संसदको विशेष अधिवेशन तुरुन्तै बोलाउन अपील गर्दछु ।’
संसदमा विपक्षी दलका नेता राहुल गान्धीले लेखेका छन्, ‘पहलगाम आतंकवादी हमला, अपरेशन सिन्दूर र युद्धविरामको बारेमा छलफल गर्नु जनता र उनीहरूका प्रतिनिधिहरूका लागि धेरै महत्त्वपूर्ण छ, जुन पहिलो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका थिए ।’
‘यो हामीले सामना गर्ने चुनौतीहरूलाई सँगै सामना गर्ने हाम्रो संकल्प प्रदर्शन गर्ने अवसर पनि हुनेछ’, राहुल गान्धीले प्रधानमन्त्री मोदीलाई लेखेको पत्रमा भनेका छन्, ‘मलाई विश्वास छ कि तपाईंले यो मागलाई गम्भीरतापूर्वक विचार गर्नुहुनेछ र चाँडै यसमा पहल गर्नुहुनेछ ।’
प्रतिक्रिया