एनपिएलको फाइनलमा सुदूरपश्चिमले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको फाइनल खेल आज हुँदै छ । फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन् ।

आजको फाइनल खेलमा सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्दै छ । सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो क्वालिफायर खेलेको जनकपुरले कर्णाली याक्सलाई २ विकेटले हराउँदै पुनः सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको हो ।

दुवै भेटमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो । लिग चरणको १८औँ खेलमा सुदूरपश्चिम र जनकपुर आमनेसामने भएका थिए । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनको फराकिलो हार व्यहोरेको थियो ।

प्रतिक्रिया