साफ च्याम्पियनसिप : नेपाल र बंगलादेशको फाइनलमा रंगशाला प्रवेशमा यी सामग्री छ प्रतिबन्ध

काठमाडौं । घरेलु मैदानमा जारी महिला साफ च्याम्पियनसिप फुटबल फाइनल खेल बुधबार नेपाल र बंगलादेशबीच हुँदै छ । उक्त खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफैँ विक्री गर्ने भएको छ ।

नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधबार साँझ ६ः३० बजे फाइनल सुरु हुनेछ । एन्फाले मंगलबार पत्रकार सम्मेलनमार्फत ३ ठाँउमा बुधबार बिहान ८ः०० बजे टिकट विक्री गरिने जनाएको छ ।

जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र भद्रकालीको स्थिति आर्मी हेडक्वाटरको गेट बाहिर विक्री गरिने एन्फा उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक दीपक खतिवडाले जानकारी दिए ।

एन्फाले साधारणतर्फ ११ हजार र भिआइपी १ हजार मात्र टिकट विक्री गरिने बताइएको छ । साधारणतर्फ ५ सय र भिआइपी १ हजार रुपैयाँ टिकट दर तोकिएको छ । दशरथ रंगशालामा १५ हजार ४ सय दर्शक क्षमता रहेको एन्फाका प्रतियोगिता संयोजक सन्जिव मिश्रले जानकारी दिए ।

एन्फाले माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द भएको जानकारी दिँदै उपाध्यक्ष खतिवडाले ३० लाख रुपैयाँ प्राप्त गरेको र ५० लाख रुपैयाँ प्राप्त गर्न बाँकी रहेको बताए ।

एन्फाले ८० लाख रुपैयाँमा माउण्ट एभरेष्टसँग सम्झौता गरेको थियो । माउण्ट एभरेष्टले खल्तीबाट भौतिक रुपमा टिकट विक्री गर्दै आएको थियो । खल्तीबाट फाइनलका लागि विक्री भएको टिकट साधारणतर्फ ४ हजार १ सय तथा भिआइपीतर्फ १ हजार रद्द गरिएको एन्फाले जनाएको छ ।

सुरक्षालाई ध्यानमा राख्दै एन्फाले केहि बस्तु दशरथ रंगशाला भित्र लान निषेध गरेको छ । गत आइतबार भएको सेमिफाइनलमा भुटानलाई हराएर बंगलादेश फाइनलमा पुगेको थियो भने नेपालले भारतलाई हराएर फाइनलमा स्थान बनाएको हो ।

साफ च्याम्पियनसिप फाइनलमा दशरथ रंगशाला प्रवेश प्रतिबन्धित सामग्रीहरू

१. हातहतियार – बन्दुक, छुरा र अन्य कुनै पनि प्रकारका धारिला हातहतियार ।

२. धुम्रपान र आगो बाल्ने सामग्री – चुरोट, लाइटर, सलाइ आदि ।

३. मादक पदार्थ – मदिरा र अन्य नशालु पदार्थहरू ।

४. झोला र ठूला ब्यागहरू – साना ब्यागहरू जाँचपछि मात्र अनुमति दिइनेछ, तर ठूला ब्यागहरू निषेध गरिएका छन् ।

५. हेल्मेट र सुरक्षात्मक उपकरणहरू – हेल्मेट र यस्तै सुरक्षा सामग्रीहरू ।

६. प्रचार सामग्री – अनुमति बिना ब्यानर, झण्डा, पोस्टर आदिमा निषेध ।

७. प्रक्षेपण गर्न मिल्ने वस्तुहरू – पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने, धातुका मुद्रा क्याइन, सामग्रीहरू ।

८. लेजर लाइट – खेलाडी तथा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट।

९. ड्रग्स र अन्य अवैध पदार्थ – कुनै पनि प्रकारका लागू औषधहरू ।

१०. छाता, लिबिस्टिक ,नेल कटर, कैँची, काइयो ,

प्रतिक्रिया