नेपालको जिडिपीमा पर्यटनको घट्दो योगदान

देश–देशावरको भ्रमण गर्ने संस्कृतिको विकास युवापुस्तामा अनिवार्यजस्तै हुँदै गएको देखिन्छ । जसले गर्दा नेपालको आन्तरिक पयर्टन प्रवद्र्धन गर्नमा ठूलो टेवा पुगेको छ । त्यस्तै गरेर आप्mनो देशको जातीय विविधता, भाषिक विविधता, सांस्कृतिक विविधता, भौगोलिक विविधता, जातजाति पिच्छेको भेषभूषा, संस्कार, संस्कृति, बोलीचाली, परम्परागत कानुन, मूल्यमान्यता, रहनसहन आदि प्रत्यक्ष हेर्ने, देख्ने र अनुभव गर्ने सुनौलो अवसर पनि पाएका छन् ।

निनाम लोवात्ती

गत वैशाख २६ गते सहयोगी ‘कारोबार दैनिक’मा आएको पर्यटनसम्बन्धी समाचारअनुसार नेपालको कुल ग्रार्हस्त उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रबाट योगदान ३ दशमलब ७५ प्रतिशत रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालय, नेपाल पर्यटन बोर्ड, राष्ट्र बैंक र विश्व पर्यटन संगठन (डब्लुटिओ) ले संयुक्त रुपमा गरेको ‘टुरिज्म सेटलाइट एकाउन्ट (टिसिए)’ को सुरुआती अध्ययनअनुसार नेपालको जिडिपीमा समग्र पर्यटन क्षेत्रबाट ३ दशमलव ७५ प्रतिशत पुगेको रिपोर्ट प्रकाशित भएको हो ।

सो अध्ययनअनुसार नेपालको कुल रोजगारीमा ११ दशमलब ५ प्रतिशत रोजगारी पर्यटन क्षेत्रबाट भइरहेको छ । कोरोना महामारी मत्थर भएपछि नेपालमा भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या जसरी बढ्दै गएको देखिन्छ, त्यसरी नै आन्तरिक रूपमा नेपालको विभिन्न पर्यटकीयस्थलमा भ्रमण गर्न निक्लने स्वदेशी पर्यटकको संख्या धेरै बढिरहेको छ । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याभन्दा आन्तरिक अर्थात् स्वदेशी पर्यटकको संख्या अत्यधिक रहनुमा चितवन भौगोलिक हिसाबले नेपालको केन्द्र (लगभग मध्य भाग) मा रहनु पनि मुख्य कारण हुन सक्ने देखिन्छ ।

अर्को भनेको विगतका केही वर्षदेखि नेपालीहरू पनि राष्ट्रिय चाडबाड र बिदामा घरमै बसेर फिल्म हेर्ने, नातागोता र आफन्तलाई बोलाएर भोज–भतेर गर्ने, जुवा–तास खेल्ने, जाँड–रक्सी खाएर पैसा सक्ने, अन्य फुर्मास गर्नेभन्दा पनि देश–देशावरको भ्रमणमा निक्लने क्रम बढ्दै गएको छ । देश–देशावरको भ्रमण गर्ने संस्कृतिको विकास युवा पुस्तामा अनिवार्यजस्तै हुँदै गएको देखिन्छ । जसले गर्दा नेपालको आन्तरिक पयर्टन प्रवद्र्धन गर्नमा ठूलो टेवा पुगेको छ । त्यस्तै गरेर आप्mनो देशको जातीय विविधता, भाषिक विविधता, सांस्कृतिक विविधता, भौगोलिक विविधता, जातजाति पिच्छेको भेषभूषा, संस्कार, संस्कृति, बोलीचाली, परम्परागत कानुन, मूल्यमान्यता, रहनसहन आदि प्रत्यक्ष हेर्ने, देख्ने र अनुभव गर्ने सुनौलो अवसर पनि पाएका छन्, पाइन्छ ।

सरकारले समग्र पर्यटन क्षेत्रबाट देशको कुल जिडिपीमा ७ प्रतिशत हिस्सा पु¥याउने लक्ष्य लिएको छ, १६औँ योजनामा । कुनै वेला नेपालको कुल जिडिपीमा समग्र पर्यटन क्षेत्रबाट लगभग ११ प्रतिशत योगदान रहेको थियो । विभिन्न देशको जिडिपीमा पर्यटन क्षेत्रबाट फरकफरक योगदान रहेको देखिन्छ कोरोना महामारी अघि विश्वका केही देशको जिडिपीमा पर्यटन क्षेत्रबाट ५२ देखि ५९ प्रतिशतसम्म योगदान रहेको थियो भने केही देशको केबल शून्य दशमलव शून्य शून्य २ प्रतिशतसम्म मात्रै रहेको स्थिति थियो । केही देशको आधाभन्दा बढी कुल ग्रार्हस्त उत्पादनमा पर्यटन क्षेत्रबाट योगदान रहेको देखिन्छ भने केही देशको चाहिँ कुल ग्रार्हस्त उत्पादन (जिडिपी) मा पर्यटन उद्योगको योगदान अत्यन्तै न्यून रहेको देखिन्छ । अहिले विश्वमा १९५ वटा स्वतन्त्र र अरू देशका छातामुनि रहेका १५ वटा स–साना टापु देशहरू गरेर २२० वटा देश रहेका छन् । ती २२० देशहरूमध्ये केही देशको जिडिपीमा पर्यटन क्षेत्रबाट शून्य दशमलव शून्य १ प्रतिशत मात्रै योगदान रहेको देखिन्छ भने केही देशको चाहिँ पर्यटन क्षेत्रबाट जिडिपीमा योगदान ४१ दशमलव २६ प्रतिशत रहेको देखिन्छ ।

कोभिड–१९ को महामारीले गर्दा सन् २०२० मा विश्व पर्यटन आगमनमा एकैपटक ७४ प्रतिशतले गिरावट आयो । सन् २०१९ मा १ दशमलव ५ बिलियन पर्यटकले विश्वका विभिन्न देशको भ्रमण गरेका थिए भने, सन् २०२० मा चाहिँ ४१५ मिलियन पर्यटकले मात्रै विश्वका विभिन्न देश भ्रमण गरेका थिए । त्यस्तै गरेर सन् २०२१ मा त अझै घटेर ४०० मिलियिन पर्यटकले मात्रै विश्वको विभिन्न देशको भ्रमण गरेका थिए । सन् २०२२ मा चाहिँ विश्व पर्यटन र विश्वभरिका देशका पर्यटन व्यवसायीहरूका लागि थोरै भए पनि राम्रो प्रगति भएको थियो भन्न सकिन्छ । किनभने, सन् २०२२ मा एकैचोटि ९६० मिलियन मानिसहरू विश्वका विभिन्न देशहरूमा पर्यटक भई घुम्न निक्लेका थिए । त्यस्तै गरेर सन् २०२३ मा ९७५ मिलियन पर्यटकले विश्वका विभिन्न देश भ्रमण गर्न निक्ले ।

हुन पनि सन् २०२० ताका विश्वभरिका पर्यटन विज्ञ र विशेषज्ञहरूले त्यो बेला पैmलिएको कोरोना महामारीले सन् २०२१÷२२ मा स्वभाविक रूपमा बिदा लिएमा मात्रै विश्व पर्यटनले सन् २०१९ वा सो समयभन्दा अघिको गतिमा पुग्न कम्तिमा पनि सन् २०२३÷२४ सम्म लाग्न सक्ने बताएका थिए । विश्व पर्यटन संख्या र गतिविधि अझ अघि बढ्नका लागि चाहिँ सन् २०२५÷२६ सम्म लाग्ने अनुमान उनीहरूले गरेका थिए । तर, कोरोना महामारीले बीचैमा स्वभाविक रूपमा बिदा लिएन, त्यसको सट्टा अस्वभाविक रूपमा अनेक खाले र झन् नयाँ भेरियन्ट (उत्परिवर्तन) को रूप लिएर आएको थियो, पैmलिएको थियो । जस्तो कि ‘अल्फा’, ‘डेल्टा’, ‘बेटा’, ‘गामा’, ‘ओमिक्रोन’ आदिको विकास भयो ।

त्यतिले नपुगेर ‘ओमिक्रोन’को त विभिन्न उपसमूहहरू बन्ने र पैmलने क्रम रह्यो । सो क्रममा ‘जेएन–१’ नामक कोरोना भाइरस पैmलियो । पछिल्लोपटक पैmलिएको ‘जेएन–वान’ नाम दिइएको भाइरसचाहिँ त्यति खतरनाक थिएन । हुन पनि सुरुमै भाइरल रोग विज्ञ तथा जनस्वास्थ्य विदहरूले ‘जेएन–१’ नामक कोरोना भाइरसचाहिँ त्यति खतरनाक छैन भनी किटानीसाथ भनेका थिए ।

नेपालमा सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा माइनस ८० दशमलव ७ प्रतिशत हो । त्यस्तै सन् २०२१ मा अघिल्लो वर्ष (सन् २०२०) को तुलनामा लगभग ४६ प्रतिशत कम अर्थात् १ लाख ५० हजार ९६२ विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरे भने, सन् २०२२ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या बढेर ६ लाख १४ हजार ८६९ पुगेको थियो । सन् २०२३ मा १० लाख १४ हजार ८७६ विदेशी पर्यटक नेपाल आए ।

तर, धेरै लामो समयदेखि नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकबाट जिडिपीमा भने खासै योगदान पुग्न सकेको देखिँदैन । ‘द ग्लोबल इकोनोमी डट कम’ का अनुसार सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको योगदान शून्य दशमलव ७१ प्रतिशत रहेको देखिन्छ । त्यसो त सन् २०२० मा पर्यटनबाट जिडिपीमा सबैभन्दा धेरै योगदान आरुबाको रहेको देखिन्छ । जुन देशको जिडिपीमा पर्यटनको योगदान ४१ दशमलब २६ प्रतिशत रहेको छ भने दोस्रोमा माल्दिभ्स रहेको छ । माल्दिभ्सको जिडिपीमा पर्यटनको योगदान ३७ दशमलब ६१ रहेको छ । त्यस्तै गरेर तेस्रोमा मकाउ रहेको छ । मकाउको जिडिपीमा पर्यटनको योगदान ३७ दशमलव शून्य ७ प्रतिशत रहेको छ ।

उता चौथो स्थानमा रहेको एन्टिगुवा एन्ड बारबाडोेसको जिडिपीमा पर्यटनको योगदान २९ दशमलब ३७ प्रतिशत रहेको छ भने पाँचौँमा सेसेल्स रहेको छ । सानो टापु देश सेसेल्सको जिडिपीमा पर्यटनको योगदान १९ दशमलब २६ प्रतिशत रहेको छ । त्यस्तै विश्वको समग्र पर्यटनसम्बन्धी अध्ययन गर्ने विश्वस्तरीय संस्था ‘द ग्लोबल इकोनोमी डट कम’ ले सन् २०२० मा प्रकाशित गरेको तथ्यांकअनुसार पर्यटनक्षेत्रबाट विश्वमा सबैभन्दा कम जिडिपीमा योगदान गर्ने ५ देशहरूमा गिनिया शून्य दशमलव शून्य १ प्रतिशत, अल्जेरियाको जिडिपीमा पर्यटनको योगदान शून्य दशमलव शून्य ३ प्रतिशत रहेको छ । त्यस्तै गरेर अंगोलाको जिडिपीमा पर्यटनको योगदान शून्य दशमलव शून्य ४ प्रतिशत रहेको छ भने बंगलादेशको जिडिपीमा पर्यटन क्षेत्रको योगदान केवल शून्य दशमलव शून्य ६ प्रतिशत रहेको छ । त्यस्तै गरेर नाइजेरिया भन्ने देशको जिडिपीमा पर्यटन क्षेत्रको योगदान शून्य दशमलब शून्य ७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया