ओली बा, शेर दा र प्रचण्ड चाचा

पुराना प्रमुख दलहरूदेखि नयाँ क्रान्तिकारी दलहरू र तथाकथित राष्ट्रिय नायकहरूदेखि राष्ट्रभक्तहरूसमेत सबैले घिचेकै छन् । यस अर्थमा ओलीलाई मात्रै खेद्नुपर्ने कारण त देखिँदैन । तर यो घटनाले नेताहरू सुधारै हुन नसक्ने रसातलमा भासिएको कुरा भने अवश्य प्रमाणित गरेको छ । हाम्रा नेताहरूमा राष्ट्रपति र प्रधानमन्त्री बनेर राजाको ठाउँ लिने महत्वाकांक्षा मात्र होइन त्यस्तै स्वागत सम्मान र महल सम्मको लालसा बोकेर बसेको देखियो ।

ताराबहादुर कोइराला

भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङले नेकपा (एमाले) लाई पार्टी अफिस बनाउन १० रोपनी ११ आना जग्गा दान दिएर आफैँले ५ तारे होटल सरहको भव्य महल (पार्टी अफिस) बनाइदिने भएछन् । भवन निर्माण गरेर हस्तान्तरण गर्ने बेलासम्मको बजार मूल्य हिसाब गर्ने हो भने यो २ अर्ब रुपैयाँभन्दा माथि हुन आउँछ ।

ओली र गुरुङ दम्पतीले सगर्व शिलान्यास गरेको देखियो । एमालेका नेता कार्यकर्ताको पनि राम्रै उपस्थिति थियो कतिले ताली बजाए याद राखिएन । यस विषयमा एमालेभित्र र बाहिरबाट पक्ष र विपक्षमा विभिन्न तर्कहरू आएका छन् । मीनबहादुर गुरुङ ललिता निवास जग्गा भ्रष्टाचार काण्डका अभियुक्त हुन र अदालतले धरौटीमा रिहा गरेको थियो । प्रधानमन्त्री ओलीले गुरुङको पक्षमा प्रहसनसमेत प्रदर्शन गरे । शीर्षक थियो, ‘मीनबहादुर, मीनबहादुर, मीनबहादुर अनि ललिता निवास, ललिता निवास, ललिता निवास ।’ यो अवस्थामा गुरुङले एमालेलाई गरेको सहयोग गुन तिर्ने दस्तुर होइन भन्ने आधार देखिँदैन ।

फेरि गुरुङ केही समय अघिसम्म माओवादी निकट मानिन्थे । कांग्रेससँग पनि नराम्रो सम्बन्ध थिएन होला । सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका पनि हुन् । अपवादलाई छाडेर नेपालको इतिहासमा यो स्तरका ब्यापारी कुनै पार्टी विशेषको भएको थाहा छैन । आफ्नो लाभको लागि सरकारमा जो आयो त्यसैसँग कुरा मिलाउने चलनचाहिँ पुरानै हो । नेकपा (एमाले) सँग ऐतिहासिक, सैद्धान्तिक र भावनात्मक सम्बन्ध गुरुङको देखिँदैन । च्यासलको नदी किनारको पार्टी अफिस डुबानमा पर्यो । बल्खुको पार्टी अफिस भूकम्पले भत्कायो । यी दुबै महलहरू सरकारलाई बुझायो एमालेले । विचरा एमाले बिचल्लीमा पर्यो भनेर कतैकतै भावविह्वल बनेर दान गरेको अवस्था पनि देखिँदैन । भनेपछि कुरा बुझ्नु, कीर्तिपुरतिर कुदनु ।

प्रजातन्त्र पुनस्र्थापनापश्चात् गणतन्त्रसम्म आइपुग्दा यस्ता खर्बौं खर्बको लेनदेन भइसकेका छन् । पुराना प्रमुख दलहरूदेखि नयाँ क्रान्तिकारी दलहरू र तथाकथित राष्ट्रिय नायकहरूदेखि राष्ट्रभक्तहरू समेत सबैले घिचेकै छन् । यस अर्थमा ओलीलाई मात्रै खेद्नुपर्ने कारण त देखिँदैन । तर यो घटनाले नेताहरू सुधारै हुन नसक्ने रसातलमा भासिएको कुरा भने अवश्य प्रमाणित गरेको छ । हाम्रा नेताहरूमा राष्ट्रपति र प्रधानमन्त्री बनेर राजाको ठाउँ लिने महत्वाकांक्षा मात्र होइन त्यस्तै स्वागत सम्मान र महलसम्मको लालसा बोकेर बसेको देखियो । अहिले सरकार फुकी फुकी कदम चाल्नुपर्ने अवस्थामा छ । झन् प्रधानमन्त्री त अत्यन्त होसियार हुनुपर्छ । यस्तो काम त पुटिन र किम जोङले पनि गरेका छैनन् होला । बंगलादेशकी हसिनाले पनि यस्तो गरेको सुनिएन । बल्खुमा जग्गा, च्यासलमा घर र कार्यकर्ता थिए नि बगुवा । तपाईं त ओली बा देशको मुली आफैँ बाटो हगुवा ।

म केहि दिनअगाडि सासूको उपचारका लागि वीर अस्पताल गएको थिएँ । इमर्जेन्सीको एउटा खाटमा ३/४ जनासम्म बिरामी थिए । बाहिरबाट बिरामी ल्याउने ह्विल चियर र स्ट्रेचर नपुेर बिरामी ऐयाऐया गरेर एम्बुलेन्समै कराइ रहेको सुनिन्थ्यो । गार्ड बसेको छ, तर अक्सिजनको सिलिन्डर ताल्चा मारेर राखेको थियो । बिरामीको एक्स–रे तथा अन्य काम ह्विल चियर, स्ट्रेचर र अक्सिजन सिलिन्डरको अभावमा समयमा हुन सकेको थिएन । त्यसैमा हारालुछ थियो ।

बिरामीको बेडमुनि फोहोर हो कि पानी जमेर बसेको थियो । सफा गर्ने कोही थिएन । ट्वाइलेटको हालत नभनौँ, कमोटको कभर थिएन । आइसियुको ढोका अगाडिभित्र सबै फोहोर राख्ने बाक्साहरू थिए । कोठा गनाइरहेको थियो । फोहरमा टाँसिएर कुरुवा सुतेका देखिन्थे । इमर्जेन्सी वार्डका सिकिस्त बिरामीहरूलाई यहाँ आसियुमा ठाउँ छैन ।

तपाईंको बिरामी म¥यो भने हामी जिम्मा लिदैनौँ भनेर केही डाक्टर र नर्सहरू बिरामीका आफन्तलाई हकार्दै थिए । सरकारी अस्पतालमा उपचार सस्तो पर्छ र राम्रो हुन्छ भनेर आएका आफन्तहरू रन्थनिएर बसेका थिए । प्राइभेटमा लान पैसा छैन । वीर अस्पतालमा ठाउँ छैन । के गर्ने ? आइसियुमा लगिहाल्नु पर्ने बिरामी भोलिपल्टसम्म त्यहीँ पल्टिरहेका थिए । हस्पिटलमा ल्याएको बिरामीको उपचार गर्ने सरकारको जिम्मेवारी हो । पैसा भए अन्तै जान्थे । भ्रष्टाचार मात्र नगर सबैलाई उपचार देउ, किन हुन सक्दैन भनेर कोही उफ्रदै थिए ।

१ जना डाक्टर आएर यो बिमारी माधव नेपालको हो भन्दै थिए । ड्युटीभन्दा बाहिरका २ जना डाक्टर आएर हेरे । ड्युटीवाला डाक्टर र उनीहरूको कोअर्डिनेसन थिएन । केही समयअगाडि मेरो त मन्त्रीबाट फोन आइसक्यो भनेर १ जना बिरामी कुरुवा खुसी हँुदै थिए । अस्पतालमा शुद्ध बिमारीको त्यति वास्ता गरेको देखिएन । मन्त्री र नेताको बिरामी हुने भएछ । बिरामी मात्र हुन नपाउने भयो । मैले पनि सानो सानो मान्छे लगाएको थिएँ अलिअलि काम ग¥यो । वीर अस्पताल लगायतका अस्पतालहरूमा हुने भ्रष्टाचार र निजी अस्पतालले गर्ने ब्रह्मलुटको बयान त हजार जिब्रो भएका शेष नागले त सक्दैनन् होला । म कसरी सकुला ।

मीनबहादुर गुरुङले खर्च गर्ने २ अर्बले त वीर अस्पतालमा जाने बिरामी उपचारै नगरी फर्कनुपर्ने थिएन होला । मेरो मनमा त लाग्यो, तर के गर्नु मलाई लागेर भएन । बुझ्नेले कुरा नबुझेपछि मेरो मन त रुने नै भयो । आक्रोशको ज्वाला दन्किँदै गयो । रातको चिसोले बिहान सेलायो ।

दसँैभित्रै मलामी जानु प¥यो । रमाउँदै घरमा टीका थाप्न आउने मानिस बाक्साभित्र बसेर आर्यघाट आउँदै गरेको देखेँ । टीकाको दिन विदेश जानेको लर्को टेलिभिजनमा देखाउँदै थियो । पढेलेखेका उत्कृष्ट जति अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानाडा, मझौला युरोप, दक्षिण कोरिया र जापान आदि र बलिया बांगा उमेर भएका अरबको खाडी र मलेसिया । देशभित्र हामीजस्ता बुढाखाडा, लठिमुङ्ग्रे र जेलनेल, कुटाइ पिटाइ खाएका तर मति हराएका । शासक प्रशासक अधर्मी । कसले बनाउँछ देश ? यी कुराहरू देखेको छैन भनौ आँखा छन् । कान छैन भनाँै उपचार अर्कै रोगको गरेको । बुझेको छैन भनौँ चण्डी र चारै वेद कण्ठ छ । बुझ पचायो भनौँ गाली ग्रन्थमा डाक्टर गरेको । लिच्चड हौ कि ? लालची हौ ? मरेका छौ कि लास हौ ? तिम्रो लास गह्नाइसक्यो, हामी कति बोकौँ । तिमी सतिदेवी पनि होइनौ । शक्ति पीठ बनेर वरदान दिने । उहिले अलिअलि दियौ । अहिले देश घरनघाट पारेर लियौ । हामीलाई पीडामाथि पीडा थप्यो ।

पर्ख, अझै एउटा कथा बाँकी छ । १ जना बृद्धले आफ्नो सत्रुलाई रिस फेर्न मर्ने बेलामा छोरालाई बोलाएर अह्राएछ । हेर छोरा म मरेपछि मेरो लास कसैले थाहा नपाउने गरी फलानोको घर आगाडि राखेर मेरो चाकमा पाटको ठोक्नु । छोराले पनि बाउ मरेपछि कसैले थाहा नपाउने गरी बाउले भनेअनुसार गरेछ । भोलिपल्ट गाउँले सबै जम्मा भए । कचरी बस्यो । छिमेकीले मारेको ठहर भयो र जेल गयो । मरेपछि पनि रिस फेर्यो । अहिले कहानी उल्टा भयो । अहिलेका बाउहरूले छोरालाई बोलाएनन् । छिमेकी बोलाएर छोराहरूको घरअगाडि लास राखेर पाट्को ठोक्न लगाए ।

हे ओली बा, शेर दा, प्रचण्ड चाचा र अरू पनि क्रान्तिकारी, स्वनामधारी, चटकी र सबै व्यविचारीहरू हो, तिम्रो चाकमा पाट्को ठोक्न लगाएर हाम्रो घरअगाडि लास राख्न सत्रुलाई किन अह्रायौ । जवाफ देउ, देश, जनता र हामी सबै पार्टीका कार्यकर्ताहरूले तिमीहरूमाथि विश्वास र भरोसा गर्नु अपराध हो ? न गरी खाने न मरी जाने, तेरीमा घाँडा द्रव्यपिचासहरू ।

प्रतिक्रिया