चीनले विश्व कम्यूनिष्ट आन्दोलन अगुवाई गर्ला ?

दोस्रो विश्व युद्धकै हाराहारीमा चीन जस्तो विशाल देशमा जनवादी क्रान्ति पुरा गरियो । साथै कोरियन प्रायद्वीपमा उत्तर कोरियामा क्रान्ति पुरा गरियो । तर केही अशुभ कार्य पनि देखियो । उत्तर र दक्षिणका नाममा कोरिया विभाजित भयो । एउटा एकीकृत राष्ट्र क्रान्तिका दौरान विभाजित हुनु दुर्भाग्य पूर्ण थियो । चीन जस्तो ठूलो आकारको मुुलुक जसले जनसंख्याको ठूलो भाग ओगटेको छ, यो परिवर्तनले विश्वका प्रतिक्रियावादी शक्तिहरु थर्किनु स्वभाविक नै थियो ।

राममणि पोखरेल

विश्वको राजनैतिक आन्दोलन र संघर्षमा प्रथम पटक शोभियत संघमा, कम्यूनिष्ट पार्टीको नेतृत्वमा अक्टुवर क्रान्ति सम्पन्न भएको थियो । विश्व समाजलाई यसले नयाँ सन्देश दियो । माक्र्सवादी दर्शनलाई आधार मानेर गठित कम्यूनिष्ट पार्टीले विश्वमा नयाँ विकल्प दियो । यसै क्रममा पूर्वी युरोपका धेरै देशमा समाजवादी क्रान्ति सम्पन्न भए ।

दोस्रो विश्व युद्ध (१९३९–१९४५) सम्म आई पुग्दा संसारमा कम्यूनिष्टहरु, पुजीवादी शक्तिसँग प्रतिस्पर्धामा देखिए । दोस्रो विश्व युद्धकै हाराहारीमा चीन जस्तो विशाल देशमा जनवादी क्रान्ति पुरा गरियो । साथै कोरियन प्रायद्वीपमा उत्तर कोरियामा क्रान्ति पुरा गरियो । तर केही अशुभ कार्य पनि देखियो । उत्तर र दक्षिणका नाममा कोरिया विभाजित भयो ।

एउटा एकीकृत राष्ट्र क्रान्तिका दौरान विभाजित हुनु दुर्भाग्य पूर्ण थियो । चीन जस्तो ठूलो आकारको मुुलुक जसले जनसंख्याको ठूलो भाग ओगटेको छ, यो परिवर्तनले विश्वका प्रतिक्रियावादी शक्तिहरु थर्किनु स्वभाविक नै थियो ।

विश्व युद्धको समाप्तीको लगत्तै शीत युद्धको प्रारम्भ भयो । संसार दुई ध्रुर्वमा बाडियो । पुँजीवादी शिविरको नेतृत्व अमेरिकाले ग¥यो भने समाजवादी शिविरको नेतृत्व शोभियत संघले गर्दै रह्यो । विश्वका धेरै साना ठूला देशमा न्यायिक आन्दोलन चर्किए । एकातिर शीत युद्ध तीव्र हुँदै जानु पुजीवादी शक्ति र समाजवादी शक्तिविच हस्तक्षेपकारी काम बढ्नु । जनसंख्या बृद्धि, मौलिक अधिकार, समानता, न्यायिक समाज र विकास निर्माणमा तीव्र चाहना आन्तरिक रुपमा आफ्ना आफ्ना देशमा न्यायको निम्ति जनताको संघर्ष तीव्र हुँदै गयो । धेरै देशमा जनताका ठुला आन्दोलन भए । ती आन्दोलनले प्रतिक्रियावादी सरकारलाई दबाव त भयो । तर क्रान्तिर परिवर्तनको नेतृत्व गर्ने शक्तिले गन्तव्यमा पु¥याउन सकेनन् । कम्यूनिष्ट नेतृत्व असफल भयो ।

चीन र कोरियाको क्रान्तिको सफलता पछि को झण्डै ४०÷४५ वर्षमा विश्वका कुनै देशमा कम्यूनिष्ट पार्टीको नेतृत्वमा क्रान्ति सम्पन्न हुन सकेनन् । भियतनामको परिपेक्ष फरक थियो । कम्बोडियामा सत्ता पाएर पनि बस्तुगत परिस्थितिको बुझाई कमजोर भएकाले छौटे समयमा सत्ता च्युत हुनु प¥यो कम्यूनिष्ट पार्टीले । साठीको दशकमा विश्वका दुई ठूला, देश कम्यूनिष्ट पार्टीका सरकार वीच बैचारिक मतभेद देखियो । संसारका अल्प विकसित, अर्धऔपनिवेशिक अर्ध शामन्ती र पुँजीवादी मुलुकका क्रान्तिका कार्यदिशा, कार्यनीति र मुक्ति आन्दोलनलाई हेर्ने सहयोग गर्ने सवालमा शोभियत संघ र चीनमा फरक दृष्टिकोण देखियो ।

यद्यपी यी दुवै देशका क्रान्ति हतियार उठाएर नै पुरा गरिएका थिए । एउटा देशमा शहरबाट विद्रोह उठेर गाउँमा फैलिएको थियो । अर्काेमा गाउँले शहर घेरिएर केन्द्र नियन्त्रण गरिएको थियो । अमेरिकी साम्रराज्यवादका विरुद्ध राष्ट्रिय मुक्ति आन्दोलनमा संघर्षरत देश, दुई धुर्वीय विश्वसँग मुक्ति संघर्षको लागि आफ्ना कार्यदिशा अघि सार्दै थिए । शोभियत संघले शान्तिपूर्ण नीति तय गरेको भए पनि, कतिपय मुलुकमा आफ्ना पठाएर पनि परिवर्तनको लागि हस्तक्षेपकारी भूमिका निभायो । थोरै देशमा ती काम सफल भए ।

उता चीनले आम कार्य दिशामा प्रत्येक देशका कम्यूनिष्ट पार्टीले आफ्नै जनताको चेतनाको तह, संघर्षका दिशा धरातलिय यथार्थमा उभिएर अगाडि बढ्नु उचित हुन्छ भन्ने तर्क अघि सा¥यो । शोभियत संघ र चीनको बैचारिक विभाजनकै कारण एसियाली र अफ्रिकी मुलुकका कम्यूनिष्ट पार्टी विभाजित हुँदै गए । आम जनता अलमलमा पारिए । क्रान्तिकारी स्प्रीटलाई धक्का लाग्यो ।

देशमा कम्यूनिष्ट पार्टीको सत्ता सञ्चालन गर्दै आएका शक्तिले कुन हद सम्मको खुल्लापनको व्यवस्थापन गर्ने भन्ने शोच राख्नु प¥यो । कुन तहसम्मको नियन्त्रण, निर्धारण गर्ने त प्रष्ट हुनुप¥यो । शोभियत संघमा त्यसको सिमारेखा या मापन निर्धारण गरिएन । असीको दशकमा मखिायल गोर्बाच्योभ सत्ता आए पछि खुलापनको अवधारणा ल्याइयो । कम्यूनिष्ट पार्टीका नेता र कार्यकर्ता प्रति आमजनताको आक्रोश तीव्र थियो । जनता उकुस मुकुस थिए । खुल्लापन र पुन निर्माणको घोषणा हुने, वित्तिकै जनताका लहर फरक देखियो । त्यही लहरलाई हेर्दै बुझ्दै गोब्र्राचोभले ७० वर्ष पछि १५ प्रान्तमा चुनाव गराए ।

६ प्रान्तमा गैर कम्यूनिष्ट शक्तिले विजय प्राप्त गरे । लिथुवानियले नै सर्वप्रथम आफूलाई स्वतन्त्र राष्ट्रको घोषणा ग¥यो । यो क्रम रोकिएन । अरु प्रान्तले पनि यो बाटो समाए । विशाल आकारको शोभियत संघ विभाजित भयो । देश टुक्रिन दुर्भाग्य नै थियो ।

शोभियत संघको पतन पछि संसारका कम्यूनिष्टहरुलाई मनोवैज्ञानिक धक्का लाग्यो । कम्यूनिष्टहरु रक्षात्मक अवस्थामा पुगे । विश्वको एक धुर्वको नेतृत्व गरेको शोभियत संघ उदीयमान शक्ति चीन सत्तामा हुँदा पनि ४०÷५० वर्षको समयावधीमा विश्वका साना या ठुला कुनै देशमा कम्यूनिष्ट पार्टीको नेतृत्वमा सत्ता कब्जा हुन नसक्नु । उल्टै कम्यूनिष्टको प्रथम किल्ला पतन हुनु । टुट्नुले संसारका कम्यूनिष्ट शक्तिलाई कुन स्थानमा पु¥यायो होला त? अन्दाजा ग¥यौ त ?

शोभियत संघको पतन पछि, विश्वमा कम्यूनिष्ट पार्टी, माक्र्सवादी दर्शनको समीक्षा गर्ने हेर्ने, सवालमा ठूलो परिवर्तन आयो । केही साहित्यकारले त इतिहासको अन्तयसम्म भन्न पुगे । शीत युद्धको समाप्ती पछि, संसारका धेरै देशका कम्यूनिष्ट पार्टीहरु आम चुनावमा हाम फाले, कार्यनीति बनाए, समाववाद र साम्यबादको नारा फलाके, तर कही पनि आपेक्षाकृत सफलता पाउन सकेका छैनन् । कम्यूनिष्टहरुमा आएको संकट, असफलताले प्रचालित रुपमा चल्दै आएको संसदीय प्रणालीलाई वडावा दियो । लोकप्रिय हुँदै गयो । खुला संसद, प्रेस स्वतन्त्रता, मानव अधिकार मौलिक र नागरिक अधिकार, स्वतन्त्र न्यायपालिका, वालिग मताधिकार, बहुमतको सरकार आदि प्रावधानलाई स्थापित ग¥यो । आम जनता यसैमा रमाउँदै गए । आवधिक निर्वाचनले मनोवल बढायो ।

अर्कातिर एक सय वर्ष भन्दा पहिला देखि विश्वमा हतियार उठाएर, शोभियत संघ लगायतका कैयौ देशमा कम्यूनिष्ट पार्टीको नेतृत्वमा सरकार बने, बनाइए । तर चीन र उत्तर कोरिया बाहेक सवै ठाउँमा ढले, उठ्ने संभावना कम छ, युगोस्लाभाकिया र शोभियत संघ टुक्रिए । यो विडम्वना नै हो ।

यतिबेलासम्म जल्दोबल्दो रुपमा चीन छ । उसकै अगुवाईमा अन्तर राष्ट्रिय कम्यूनिष्ट संगठन बनिनु अति आवश्यक छ । कम्यूनिष्ट पार्टीको नेतृत्वमा सरकार चलाएर पतन भएका, देश टुक्रयाएका कम्यूनिष्ट पार्टीको सरकार चलाई रहेका देश र सत्ता प्राप्तीको लागि संघर्षरत रहेका कम्यूनिष्ट पार्टीहरुको यथाशिघ्र अन्तर्राष्ट्रिय संगठन बनिनु प¥यो । जसले संसदीय व्यवस्थाको विकल्पमा एउटा अन्तरर्राष्ट्रिय मापन सहितको कार्यक्रम दिन सकोस् । यसको अगुवाई जनवादी चीनले गर्नु पर्नेछ । अन्यथा विश्वमा समाजवाद कम्यूनिष्ट पार्टी नेतृत्व हवाई कल्पना हुनेछ ।

प्रतिक्रिया