जानिफकारहरूले दिनको तेस्रो भागलाई वर्षा ऋतु भनी बताएका छन् । यसैले आधा रात (निशीथ) लाई शरद् ऋतु मान्ने गरिन्छ । त्यसपछिको समयलाई शिशिर ऋतुको समय र सूर्योदयभन्दा पहिलेसम्मको समयलाई हेमन्त ऋतु मानिन्छ । दिनको पूर्व भागलाई वसन्त र मध्यह्नलाई ग्रीष्म ऋतु मान्ने गरिन्छ । यसरी एक दिनरातको समयलाई (पनि) ६ ऋतुमा विभाजन गर्ने गरिन्छ । राज निघण्टुका अनुसार सूर्य उदयपछिका प्रत्येक १०–१० घडीले वसन्त, ग्रीष्म आदि बेग्लाबेग्लै ६ वटा ऋतुको प्रतिनिधित्व गर्दछन् भनिएको छ ।
वसन्त ऋतु
विक्रम सम्वत अनुसारका चैत र वैशाख महिनालाई वसन्तु ऋतु भनिन्छ । यस ऋतुको परिभाषामा पनि फरक मत पाइएको छ ।
शाङ्र्गधरसंहिताअनुसार कुम्भ संक्रान्तिदेखि मीन संक्रान्तिसम्म वसन्त ऋतु हुन्छ भनिएको छ । यो मतअनुसार फागुन र चैतलाई वसन्त ऋतु मानिएको देखिन्छ ।
राज निघण्टुमा ऋतुराज, कान्त, कामरस, पुष्पमास, पिकानन्द, मधु, माधव, वसन्त र सुरभि भनी वसन्त ऋतुका संस्कृत पर्यायवाची नामहरू बताएका छन् ।
आयुर्वेदमा वसन्त ऋतुको वातावरण बारे यसरी बताएको छ ।
वसन्त ऋतुमा दक्षिणी हावा चल्दछ भनी राज निघण्टुमा बताइको छ । त्यसैगरी भावप्रकाशसंहितामा वसन्त ऋतु पदार्थमा गुलियोपन घुसाउने र चिल्लो स्वभावको हुनुका साथै कफलाई बढाउने गुणको हुन्छ भनी बताएको छ । शिशिर ऋतुमा मानिसको शरीरमा कफ जम्मा हुन्छ, वसन्त ऋतुमा कफ उत्तेजित हुन्ट र ग्रीष्म ऋतुमा यो शान्त हुन्छ । (हाम्रा आयुर्वेदका ग्रन्थहरूले जतिसुकै गर्मी भए पनि वसन्त ऋतुमा चिल्ला र चिसा कुरा नखानू भनेका छन् । हामी भने बाहिरी गर्मी शान्त पार्न यस्ता कुरा खान्छौँ र कफसम्बन्धी रोगलाई आमन्त्रण गर्दछौँ ।)
हारीत संहिताअनुसार जब वनमा रमाएर कोइली कराउँदछ, जब कामदेवलाई सूचना दिँदै पलाँश सुशोभित भएर फुल्दछ, जब पूmलका बास्नाले ओतप्रोत भएको पर्वत हुन्छ, जब मदोन्मत्त भ्रमरा यताउता खेलेको शोभा देखिन्छ, जब कामदेवको बाणले आकुल र अनन्दित संसार हुन्छ, तब यसलाई वसन्त ऋतु भनिन्छ भनिएको छ । वसन्त ऋतुमा आनन्दित पार्ने तर तातो गुण भएको हावा बहन्छ र कफ बढाउँदछ । वसन्त ऋतुमा दक्षिणतिर बाट बहने वायु उत्तम हुन्छ । मुनिजन दिनको पूर्वाह्न र अपराह्नलाई सधैँ वसन्त ऋतु भन्ने गर्दछन् ।
सुश्रुत संहितामा वसन्त ऋतुमा सिद्ध तथा विद्याधर (देवयोनि विशेष) का पक्षीहरूका गोडामा लगाइएको लाहाको रंगले रंगिएको, चन्दन आदि लहराको अँगालोले गर्दा सुगन्धित भएको, कामप्रिय मानिसलाई आनन्द दिने, कामवासना बढाउने तथा दम्पत्तिहरुका बीचको मान भंग गर्ने मलयाचलतिरबाट आउने दक्षिणी हावा चल्दछ । सन्त ऋतुमा सबै दिशाहरू निर्मल हुन्छन् । यो ऋतु पलाँश, कमल, मौलसरी(बकुल) आदिका पूmलले मुलायम, अशोक आदि वृक्षका पूmलले शोभायमान, कोइली एवं भमराका झुण्डको कर्णप्रिय आवाजले गुञ्जायमान, दक्षिणी दिशाको हावाले व्याप्त एवं कमला नयाँ पालुवाले सबैतिर सुशोभित हुन्छ भनिएको छ ।
बसन्तु ऋतुमा मानिसले गर्नुपर्ने दिनचर्याका बारेमा आयुर्वेदमा बताइएका कुरा यसप्रकार रहेका छन् ।
(क) मदनपाल निघण्टु : वसन्त ऋतुमा तिक्खर, नुनिला, टर्रा, रुखा, पिरा र तातताता खानपिन गर्नू । मह, मुगी र जाङ्गल क्षेत्रका जीवको मासु खानू । कसरत गर्नू । कोइली आदि चराको आवाज गुञ्जिने खालका बगैँचा, उपवन आदिमा घुम्नू । सुन्दर एवं अनुकूल व्यवहार गर्ने पति वा पत्नीको साथ लिनू । दिनहुँ नुहाउनू । बुकुवा, चन्दन आदि दल्नू । पूmल, रंग आदिको आपूmलाई अनुकूल हुने खालको माला लगाउनू । हेमन्त ऋतुमा शरीरभित्र जम्मा भएको कफ सूर्यका किरणले ढाकिएपछि विकृत हुन्छ यसैले कडा शिरोविरेचन अर्थात नस, बान्ताकारी ओखती, कुल्ला गर्ने ओखती, धूप सेवन आदिले तथा सुठो, नागरमोथेजस्ता ओखतीको काँढापानीले एवं तातोपानीले त्यो विकृत कफलाई जित्नू । शीतल, चिल्ला, पचाउन कठिन, पातला, अमिला, गुलिया खानपिन र दिउसको सुताई परित्याग गर्नू ।
(ख) भावप्रकाश संहिता : वसन्तऋतुमा वान्ता गराउने खालका औषधी खानु, नाकमा औषधि हाल्नु, महसँग हर्रो खानु, व्यायाम गर्नु, औषधिको धूलो शरीरमा माडेर दल्नु, कफ नासगर्ने खालका औषधि मिसाएको मनतातो पानीले मुख कुल्ला गर्नु, फलामले सेकाइएका जंगली जीवको मासु खानु, गहुँ, अनेक थरी चामल, मुगी तथा जौ र सठिया चामलको भात खानु, चन्दन, धूपी, केसरको लेप बनाएर शरीरमा दल्नु तथा रुखा, तिक्खर, ताता र हलुका पदार्थ खानु अति नै लाभदायक हुन्छ । गुलिया, अमिला, दही, चिल्ला, दिउँसको सुताइ, पच्न कठिन हुने कुरा शीत ः यी कुरालाई वसन्त ऋतुमा त्यागिदिनु पर्दछ ।
(ग) चरक संहिता : शिशिरकालमा शरीरमा सञ्चित कफसम्बन्धी दोषलाई वसन्त ऋतुमा राम्ररी शरीरबाट बहाएर बाहिर निकाल्ने हो भने मानिसलाई ऋतुजन्य कफसम्बन्धी रोग हुँदैन ।
(घ) हारीत संहिता : जब सूर्यको गति उत्तरतिर हुन्छ तब जलका स्वामी सूर्य हुन्छन् । यसले गर्दा गर्मी गर्ने, तीव्र र पोल्ने गुणका पदार्थहरू यसबेला उत्पन्न हुन्छन् । यसबेला सारा पृथ्वी सुक्दछ, सबै दिशा जलहीन हुन पुग्दछन् । पिरो, अमिलो, नुनिलो जस्ता पोल्ने खालका रस बलिया हुन्छन् । यी रसले गर्दा रगतसँग मिसिएर बसेको पित्त बिग्रिन थाल्दछ अनि औषधि आदिका रस र गाई आदि जनावरको दूध पनि सुक्दछ । यसबेला जीव कम बलियो हुन्छ, यदाकदा कफ पनि उब्जन्छ (खोकीसमेत लाग्दछ) र यो वसन्त ऋतुमा देखिन्छ र आपैmँ निको हुन्छ । यो ऋतुमा विधिपूर्वक बमन गर्नाले, नाकमा नस हाल्नाले र रुखोसुखो खानेकुरा खानाले कफ विकृत हुन पाउँदैन । (यो बेलामा बरफ आदि चिसो खान हुन्न) । विविध किसिमले कामदेवको आनन्द लिनाले, राम्ररी हिँडडुल गर्नाले, पसिना निकाल्नाले र मन थकित पार्ने कार्य गर्नाले यो ऋतुमा मानिस सुखी रहन्छ । यो ऋतुमा कफलाई सोस्ने वा सुकाउने हुनाले पिरो, नुनिलो र अमिलो रस खानु पर्दछ । यसो गर्नाले मानिसलाई चाँडै आराम हुन्छ । वसन्त (चैत, वैशाख) ऋतुमा उमालेर आधा भएको पानी पिउनु हितकारी हुन्छ । बल र वीर्य बढाउने भए पनि वातदोष बढाउने, चिल्लो, केही अमिलो, कफप्रकृतिको र कफकारी हुने हुनाले वसन्त ऋतुको दही लाभकारी हुँदैन ।
(ङ) माधवनिदान : वसन्त ऋतुमा विकृत कफका कारण आउने जरोलाई पनि प्रायःगरेर वात र पित्तको सहयोग रहेको हुन्छ ।
वसन्त श्रवण :
काठमाडौँमा फागु पर्व सुरु भएको संकेत गर्न राजा प्रताप मल्लले वसन्त श्रवण गर्ने चलन चलाएका थिए भनी मानिन्छ । उनले वसन्तपुरमा फागुको झण्डा गाडेपछि मात्रै वसन्त श्रवण गर्ने चलन चलाएका थिए । यो वसन्तपुर दरबारको नासल चोकमा सुन्ने परम्परा रही आएको छ । यस अवसरमा संगीतसँगै वसन्त ऋतु झल्किने चित्र पनि कोर्ने चलन थियो । वसन्तसंगीतमा मल्लकालीन राजकुमारीको सौन्दर्य वर्णन, युवतीप्रति छेडखान र देश र जनताप्रतिको कर्तव्य आदि समेटिने चलन थियो । यस अवरसरमा विभिन्न उस्ताद, भाट, संगीतकार र गीतकारले वसन्त राग गाएर आआफ्नो गला र कला देखाउने चलन पनि थियो ।
राधाकृष्णको यौवनलीलामा आधारित भएर जयदेवले लेखेको संस्कृत गितीकाव्य ‘गीत गोविन्द’को दोसो अध्यायको पाठलाई वसन्त श्रवण भन्ने गरिन्छ । जयदेव (ई.सं. ११७५–१२००) का बंगालका महाराजा लक्ष्मणसेनका ५ महाकवी मध्येका १ थिए । यहाँ उक्त पुस्तकका दुई श्लोक यसप्रकार रहेको छ ।
वसन्ते वासन्तीकुसुमसुकुमारैरवयवैः
भ्रमन्तीम् कान्तारे बहुविहितकृष्णानुसरणाम् ।
अमन्दम् कन्दर्पज्वरजनितचिन्ताकुलतया
वलद्बाधाम् राधाम् सरसमिदमुचे सहचरी −
भावार्थ : कुनै बेला वसन्त ऋतुको सुमधुर अवसरमा विरह वेदनाले अत्यन्त कातर भएर राधिका एउटा बगैँचा र अर्को बगैँचामा चहार्दै कृष्णलाई खोज्न थालिन् । यसरी चहार्दा माधवी लहराका पूmलसमान उनका कोमल अंग अति थकित भए । ती अंगहरू कामपीडाका चिन्ताले गर्दा अत्यन्त व्याकुल भएर आए । तब उनकी कुनै संगी उनलाई अनुरागपूर्ण कुरा यसरी बताउन लागिन् ।
ललित लवंग लता परिशीलन कोमल मलय समीरे
मधुकर निकर करम्बित कोकिल कूजित कु; कुटीरे ।
विहरति हरिः इह स रस वसन्ते
नृत्यति युवती जनेन समम् सखि विरहि जनस्य दुरन्ते −
भावार्थ : प्रिय सखी राधे ! हरे यो वसन्तको समय पनि छुट्टिएर बस्नेका लागि त अति नै दुःखदायक छ । हेर न ! यो आउँदा कोमल ल्वाङ (आदि) का लहराहरू पटकपटक आदरले अंकमाल गर्दै कस्तो शोभा दिइरहेका छन् । हेर हेर ! कुञ्ज–कुटीमा भमराहरू घुमिरहँदा उत्पन्न भूँ भूँ को आवाजले अनि कोइलीका सुमधुर कुहु कुहुले चारै दिशा भरिइरहेको छ । अनि कृष्ण यहाँकै कुञ्ज–कुटीमा कुनै भाग्यवति युवतीसँग विहार गरिरहेका छन् वा होलान् र प्रमोत्सवमा मग्न भई नाचि पनि रहेका छन् (होलान्) ।
वसन्त ऋतुका बारेमा प्राचीन ग्रन्थमा यति धेरे गुणगान गाइएको छ कि ती सबैलाई समेट्न नै असम्भव छ । समग्रमा भन्नुपर्दा वसन्त ऋतुलाई सृष्टिको निरन्तरताका लागि आधार ऋतु मानिएको पाइन्छ ।
अब छोटकरीमा अन्य ऋतुसम्बन्धी केही जानकारी :
ग्रीष्म ऋतु
जेठ र असारलाई निदाघ वा ग्रीष्म ऋतु भनिन्छ । शाङ्र्गधरसंहितामा मेष संक्राान्तिदेखि वृष संक्रान्तिसम्म (वैशाख र जेठ) लाई ग्रीष्म ऋतु हुन्छ भनिएको छ ।
ग्रीष्म ऋतुका उष्ण, उष्णकाल, उष्णागम, ऊष्मक, ऊष्मागम, ग्रीष्म, घर्म, तप, तापन, निदाघ र उष्णेपगम ग्रीष्मऋतुका पर्यायवाची शब्दहरू हुन् ।
ग्रीष्म ऋतुमा दक्षिणी हावा चल्दछ । दक्षिणी वायु ६ रसले युक्त, आँखाका लागि हितकर, बलवर्धक, रक्तपित्तलाई शान्त पार्ने तथा सुख, चमक र बल प्रदायक हुन्छ ।
ग्रीष्म ऋतुको दिनचर्याको बारेमा मदनपाल निघण्टुमा यसरी वर्णन गरिएको छ । ग्रीष्म ऋतुमा शीतल गृह, ताल, नदी र वापी, वन, माला, हार, शीतल ताडका पंखाको हावा, र दिनमा शयन गर्नू । सुन्दर र हलुका लुगा लगाउनू । शीतल, गुलिया, मीठा र घिउसहितका पातला अनाज, मन्थ, मिस्री आदि हालिएको दूध र अन्य उपयुक्त पेयपदार्थ पिउनू । सुन्दर र स्वच्छ घरका छत आदिमा फुल्नका लागि मुख खुला हुने गरी तयार पारिएको पलङमा मन्द पवनबाट छुइँदै, चन्दन शरीरमा दलेर चन्द्रकिरण शरीरमा पर्नेगरी सुत्नू । कसरत, सुकाउने खालका पदार्थको सेवन, स्त्रीसहवास, घाम, तातो कुरा, पाचनशक्ति बढाउने खालका रस यी सबै कुरा त्याग गर्नू र बुद्धिमान् वैद्यको परामर्श अनुसार चल्नू ।
वर्षा ऋतु
साउन र भदौमासलाई वर्षा ऋतु भनिन्छ । शाङ्र्गधरसंहितामा सिंह संक्रान्तिदेखि कन्या संक्रान्तिसम्म (असार र साउन) लाई वर्षा ऋतु भनिएको छ । । कान्त, घर्मान्त, चातकाह्लादन, जलदागम, प्रावृट्, मयूरोल्लासक, वर्षकाल, प्रावृष् र वर्षा यी वर्षा ऋतुका संस्कृत पर्यायवाची नामहरू हुन् ।
श्रीमद्भागवत्महापुराणको दशम स्कन्ध, अध्याय २० मा वर्षा ऋतुको बारेमा यसरी व्याख्या गरिएको छ । यस ऋतुको साँझमा कालो बादलले निष्पट्ट अँध्यारो हुँदा आकाशमा ग्रह ताराको चमक देखिँदैन तर धर्तीमा पिलिकपिलिक गरेर जुनकिरी चम्किरहेको देखिन्छ । अरू बेलामा चुपचाप हुने भ्यागुताहरू पनि वर्षा लागेपछि बादल गर्जेको सुनेर टरटर कराउन थाल्दछन् । अरू बेलामा सुनसान हुने खोलाखहरे पनि वर्षा लागेपछि आफ्नो सीमा नाघेर बग्न थाल्दछन् । वर्षात्का अविरल धाराले चोट खाएर पनि पर्वतहरू विचलित हुँदैनन् । वर्षा ऋतुमा इन्द्रका प्रेरणाले हुने घनघोर वर्षाका कारण अनेक बाँध र कुला फुट्दछन् ।
यसैगरी राज निघण्टुअनुसार वर्षा ऋतुमा पश्चिमी हावा चल्दछ । पश्चिमी वायु तिक्खर, कफ र बोसो सोस्ने, प्राणवायुलाई खिच्ने र शरीर सुकाउने गुणको हुन्छ । वर्षा ऋतुको दिनचर्या बारेमा मदनपाल निघण्टुमा यसप्रमार व्याख्या गरिएको छ । वर्षा ऋतुमा शरीरका वायु आदि दोष तीव्र तरिकाले दूषित हुन्छन् । पृथ्वी जतिखेर पनि गिलो हुने हुँदा मानिसको भित्र पनि आमजन्य विकार बढ्ने गर्दछ । यसले गर्दा जठराग्निको शक्ति घट्दछ ।
यसैले वैद्यले वर्षा ऋतुमा दीपन, पाचन दोषनाशक, दिसा आदि मल खुलाउने, मानसिक थकाई नाश गर्ने, तातो र पातलो, रुखो र धेरै पिरो नहुने, धेरै टर्रो र तीतो नहुने, केही रस भएको चिल्लो कुरा खान दिनुपर्दछ । यसबेला आकाशबाट परेको पानी पिउनू । यो जल पनि उमालेर सेलाएपछि मह मिसाएर पिउनू किन कि त्यो जल वर्षात्को ताजा जल हुनाले बढी डाहकारी हुन्छ । वर्षा ऋतुमा व्यायाम, घाम ताप्ने काम, स्त्रीसहवास, दिउस सुत्ने कार्य र ओस वा शीत नखानू । पृथ्वीको बाफ, पानी, सर्प, डाँस, लामखुट्टे आदि नहुने स्थानमा सुत्ने गर्नू ।
शरद ऋतु
असोज र कात्तिकमासलाई शरद ऋतु भनिन्छ । शाङ्र्गधरसंहिताअनुसार तुला संक्रान्तिदेखि वृश्चिक संक्रान्तिसम्म (कार्तिक र मंसिर) लाई शरद् ऋतु हुन्छ भनिएको छ । प्रावृडत्यय, मेघान्त, वर्षावसाय र शरद् यी शरद् ऋतुका संस्कृत पर्यायवाची नामहरू हुन् । यस बेलाको पर्यावरणको वारेमा राज निघण्टु लेख्दछ । शरद् ऋतुमा उत्तरी हावा चल्दछ । उत्तरी वायु चिल्लो, गुलियो, स्वादिलो, टर्रो, शीतवीर्यको र त्रिदोषलाई विकृत पार्ने गुणको हुन्छ ।
त्यसैगरी यस समयको दिनचर्या बारेमा मदनपाल निघण्टुमा यसरी व्याख्या गरिएको छ । शरद ऋतुमा गुलिया, टर्रा, तीता र सुन्दर खालका रस सेवन गर्नू । जाङ्गल मासु त्याग गर्नू । दाख, दूध, मिस्री, उखु, मार्सीचामल, गुलिया कुरा, गहुँ, मुगी आदि खानू । असोज र कात्तिकमा निर्मलताले गर्दा सबै खालका पानी पचाउन हलुका हुन्छन् । यस्तो पानी पिउनू अनि वस्त्र, माला, चन्दन र प्रदोषकालीन चन्द्रमाको किरण सेवन गर्नू । अनि कमल भएका तलाउमा डुबुल्की लगाएर नुहाउनू । बुद्धिमान् व्यक्तिले वर्षा ऋतुमा शरीरभित्र जम्मा हुन पुगेको पित्तविकारलाई शरद् ऋतुमा विरेचन विधिले बाहिर निकाल्नू, रगत निकाल्नू र तीता कुराले सिद्ध गरिएको घिउ पिउनू । रातको जागराम, अत्यधिक सहवास, घाम तपाई, तुसारो, दही, नुनिलो, अमिलो, गर्मी गर्ने वा तातो, धेरै डाह गर्ने, तिक्खर, पिरो र दिनको सुताई त्याग गर्नू ।
हेमन्त ऋतु
मंसिर र पुसलाई हेमन्त ऋतु भनिन्छ । शाङ्र्गधरसंहिताअनुसार धनु संक्रान्तिदेखि मकर संक्रान्तिसम्म (पुस र माघ) लाई हेमन्त ऋतु हुन्छ भनिएको छ ।
ऊष्मापह, शरदन्त, हिमागम र हेमन्त ः यी हेमन्त ऋतुका संस्कृत पर्यायवाची नामहरू हुन् ।
हेमन्त ऋतुमा पूर्वी हावा चल्दछ । पूर्वी हावा गुलियो, चिल्लो, पिरो, पचाउन कठिन, डाह शान्त पार्ने, वातविकार गर्ने र पित्तविकार नाश गर्ने गुणको हुन्छ ।
शिशिर ऋतु
माघ र फागुनलाई शिशिर ऋतु भनिन्छ भने कम्पन, कोटन, शिशिर, शीत र हिमकूट यी शिशिर ऋतुका संस्कृत पर्यायवाची नामहरू हुन् ।
शिशिर ऋतुमा पूर्वी हावा चल्दछ । पूर्वी हावा गुलियो, चिल्लो, पिरो, पचाउन कठिन, डाह शान्त पार्ने, वातविकार गर्ने र पित्तविकार नाश गर्ने गुणको हुन्छ ।
हेमन्त र शिशिर ऋतुको दिनचर्या
हेमन्त ऋतुमा नुनिलो, अमिलो, तीतो, पिरो, क्षारयुक्त, उत्कट, पौष्टिक, घिउ र तेल सहितको, ताततातो, तिक्खर खानेकुरा र पेय पिउनू । शरीरमा तेल मालिस गरी तातोपानीमा नुहाउनू र रेशमी वस्त्रयुक्त अँगेना सहितको कोठामा तातो बनाएर राखिएको पलङमा सुत्नू । पुष्ठ स्तन र जाँघ भएकी तरुनी स्त्रीसँग मिलेर सुत्नू । केसर र अगर लेपन गर्नू, सुगन्धमय धूपले धूपित हुनू र स्त्रीसहवासमा संलग्न हुनू । बलदायक रसहरू खानेपिउने गर्नू । माघ र फागुनमा धेरै जाडो भए यही विधि अपनाउनु उपयुक्त हुन्छ भनी मदनपाल निघण्टुमा वर्णन गरिएको छ ।
शीतकालमा पथ्य
मदनपाल निघण्टु ः शीतकालमा जहाँ हावा र पानी धेरै आउँदैन, जहाँ आगो ताप्न अगेनू बनाइएको हुन्छ, जहाँ हावाले हान्दैन, त्यस्तो स्थानमा केही गुलियो आसव पिई राजाले सुत्नू । अनि केसर, अगर आदिको लेप शरीरमा दली सुन्दर स्त्रीहरूसँग रम्नू । यसपछि व्यजन ? र जलक्रीडा गर्नू । दिनमा सुत्ने र सहवास गर्ने कार्य नगर्नू ।
ऋतु अनुसार मदिरा पान
अर्क प्रकाश, चौथो शतक ः वसन्त ऋतुमा नीम र आँपका मुनाको अर्क पिउनु राम्रो हुन्छ । यसैगरी ग्रीष्म ऋतुमा सेतो गुलाफ र सयपत्रीको अर्क पिउनु उत्तम हुन्छ । वर्षा ऋतुमा त्रिफलाको तथा शरद् ऋतुमा पारिजात र केसरको अर्क पिउनु राम्रो हुन्छ । हेमन्तमा ज्वानु र गोदावरीको अर्क तथा शिशिर ऋतुमा ज्वानुकै अर्क पिउनू, उसलाई रोग लाग्ने डर हुँदैन ।
दिनलाई ऋतु अनुसार गरिएको वर्गीकरण
आयुर्वेद महोदधि वा सुषेण निघण्टु : जानिफकारहरूले दिनको तेस्रो भागलाई वर्षा ऋतु भनी बताएका छन् । यसैले आधा रात (निशीथ) लाई शरद् ऋतु मान्ने गरिन्छ । त्यसपछिको समयलाई शिशिर ऋतुको समय र सूर्योदयभन्दा पहिलेसम्मको समयलाई हेमन्त ऋतु मानिन्छ । दिनको पूर्व भागलाई वसन्त र मध्यह्नलाई ग्रीष्म ऋतु मान्ने गरिन्छ । यसरी एक दिनरातको समयलाई (पनि) ६ ऋतुमा विभाजन गर्ने गरिन्छ । राज निघण्टुका अनुसार सूर्य उदयपछिका प्रत्येक १०–१० घडीले वसन्त, ग्रीष्म आदि बेग्लाबेग्लै ६ वटा ऋतुको प्रतिनिधित्व गर्दछन् भनिएको छ ।
प्रतिक्रिया