परोहा नगरपालिकामा कृषि मिटरको महसुल र ग्यास चुल्हो दिन विवरण मागियो

रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिकाले नगरपालिकाभित्रका किसानहरुलाई कृषि मिटरको विद्युत रिडि¥ महसुल उपलब्ध गराउन आग्रह गरेको छ ।

नगरप्रमुख शेख वकिलको अध्यक्षतामा बसेको कार्यपालिका बैठकबाट चालु आर्थिक वर्षको घोषित नीति कार्यक्रम अनुसार कृषि मिटरको महसुल नगरपालिकाले तिर्ने योजना अनुसार किसानहरुलाई आ–आफ्नो कृषि मिटरको विद्युत रिडिङ महसुल पेस गर्न किसानहरुलाई आग्रह गरेको हो ।

समयमा पानी नपर्दा किसानलाई धान उत्पादनमा धेरै समस्या हुने गरेको र विद्युतीय मिटरको सहाराले सिचाई गर्नुपर्ने भएकाले केही सहयोग हुने उदेश्यले कृषि विद्युतीय मिटरको महसुल नगरपालिकाबाट ब्यहोर्न लागेको नगरप्रमुख शेख वकिलले बताए ।

चालु आर्थिक वर्ष २०८१–०८२ को प्रत्येक घर धुरीलाई धुवाँ रहित भान्सा निर्माण कार्यक्रमअन्तर्गत ग्यास चुलो सेट वितरणको लागि नामावली छनोट गरी सात दिनभित्र बुझाउन वडा कार्यालयलाई निर्देशन समेत दिइएको उनले बताए ।

परोहा नगरपालिका– २ जिगडवा बेलबिछबा, वडा नम्बर ३ तेजापाकड, वडा नम्बर ४ लौकाहा, वडा नम्बर ६ बसन्तपटी, वडा नम्बर ७ नरकटिया, वडा नम्बर ८ नरकटिया, वडा नम्बर ९ रामपुर खाप लाइ कुनै पनि घर नछुट्ने गरी विवाद रहित यथार्थ विवरण सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अब्दुल रब अन्सारीले जानकारी दिए ।

गएको असार १० गते सम्पन्न भएको नगर सभामा घोषणा गरिएको कृषि मिटर महसुल तथा घर घरमा ग्यास चुलो सेट दिने कार्यक्रम नगरप्रमुखले चालु आर्थिक वर्षको पहिलो महिनामा नै कार्यान्वयन गर्न लागेका हुन् ।

प्रतिक्रिया