काठमाडौँ । चलचित्र ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको ‘त्यो मिठो जोवन’बोलको गीत डान्सिङ प्याटनको छ । दीपक शर्माको शब्द तथा संगीत अनि रचना रिमाल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ ।
गीतको भिडिओमा चलचित्रका मुख्य कलाकार केदार घिमिरे र वर्षा सिवाकोटीको अभिनय छ । कविराज गहतराजको कोरियोग्राफी केदार र वर्षा छमछमी नाचेका छन् ।
यमप्रसाद वली प्रोडक्सन म्यानेजर रहेको गीतको भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । नरेन्द्र मैनालीले खिचेको सिनेमालाई मधुसुदन शर्माले निर्माण गरेका हुन् ।
यो सिनेमाबाट निर्देशक ऋषि लामिछाने ८ वर्षपछि निर्देशनमा कमव्याक गर्दै छन् । निर्देशक लामिछानेले ‘माग्ने राजा’ले अहिले अवस्थामा आफैँलाई राजाको रूपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउने बताए । यो सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे पनि ‘इच्छा’ रिलिजको लामो समयपछि निर्माणमा फर्केका छन् । उनी हाल दाङको घोराही उपमहानगरपालिका–४ का वडा अध्यक्षसमेत हुन् ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ ।
यो सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर चलचित्रस्ले वितरण गर्ने सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।
प्रतिक्रिया