जनकपुरधाम । मधेस प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त भएका छन् । मधेस सरकारको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मधेस लोकसेवा आयोगको अध्यक्षमा शुक्रबार नियुक्त गरेको हो ।
बिहीबार साँझ मुख्यमन्त्री सतिशकुमार सिंहले उनलाई मधेस लोकसेवा आयोगको अध्यक्षमा सिफारिस गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सिफारिस गरेका थिए । ५७ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका–१३ गमहरिया निवासी हुन् । गत फागुनमा उमेर हदको कारण मधेस प्रदेश लोकसेवा आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्रप्रसाद यादव पदमुक्त भएपछि सो पद रिक्त थियो ।
प्रतिक्रिया