श्रीमान रेग्मी विरुद्ध अर्को रिट दर्ता

Sarbochhaकाठमाडौं, १५ फागुन । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई कार्यकारी प्रमुख बनाउन नहुने भन्दै आज सर्वोच्च अदालतमा अर्को रिट दर्ता भएको छ ।
अभिवक्ता ओमप्रकाश अर्यालले पूर्व प्रधानन्यायाधीश वा बहालवाला प्रधानन्यायाधीश कसैलाई पनि कार्यपालिकाको नेतृत्व दिन नमिल्ने जिकिरसहित रिट दायर गरेका हुन् । उनले सो रिटमा अन्तरिम आदेशको माग समेत गरेका छन् ।
रेग्मीले सोमबार आफू चुनावी सरकारको नेतृत्व लिन तयार रहेको भन्दै विज्ञप्ति जारी गरे पछि सो विरुद्ध रिट परेको हो ।
यस अघि सर्वोच्चमा अभिवक्ता भरतमणि जंगमले रेग्मी विरुद्ध रिट दायर गरिसकेका छन् । सर्वोच्चले सो रिटमा विपक्षीका नाममा लिखित जवाफ माग गरिसकेको छ ।

प्रतिक्रिया