सूर्यज्योति लाइफद्वारा बीमा दाबी रकम भुक्तानी

काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सर्लाहीका स्वर्गीय शेषपति शाहको परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ । ललितपुरका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्यले दाबी रकम करकट्टा गरी सोबराबरको चेक बीमितले इच्छाएको व्यक्ति निजकी श्रीमती प्रवतीकुमारी देवीलाई हस्तान्तरण गरेकी हुन् ।

‘ज्योति थ्री ट्वान्टी धन बहार जीवन बीमा योजना’अन्तर्गत बीमा पोलिसी लिएका शाहको क्यान्सरका कारण निधन भएको थियो ।

कार्यक्रममा सातदोबाटोस्थित शाखा कार्यालयकी प्रबन्धक लोइस थापा, सो कार्यालयकै कर्मचारी तथा वरिष्ठ अभिकर्ताहरूको उपस्थिति थियो ।

प्रतिक्रिया