पुराना र कमजोर भौतिक संरचना नै भूकम्पबाट मृत्युको प्रमुख कारण हो । भूकम्प प्रतिरोधी भौतिक सरंचनाले भूकम्पका बेला मानवीय क्षति धेरै कम गर्छ । प्राविधिक स्टमेटविना घर निर्माण गर्ने हाम्रो परम्परागत शैलीले नै बढी जोखिम निम्त्याएको छ । भूकम्पले आफैँले मार्दैन कमजोर, अव्यस्थित भौतिक संरचनाले किचेर मार्ने हो । स्थानीय सरकारसँगै सहरीकरण हुँदै जाँदा भौतिक संरचना भूकम्प प्रतिरोधी बनाउनमा ख्याल नै राखिएन । त्यसो गरेर संरचना बनाएको भए भूकम्प जाँदा धेरै जनधनको क्षति हुने थिएन ।
विनासकारी भूकम्प गएको आठ वर्ष बित्दा नबित्दै मुलुकले फेरी त्यसै अर्को भूकम्पको सामाना गर्नुपरेको छ । गत कात्तिक १७ गते शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा निकै ठूलो धनजनको क्षति भएको छ । सयौँको ज्यान गएको छ, हजारौँ घाइते भएका छन् । खर्बौं रुपैयाँ बराबरको धन सम्पत्ति क्षति भएको अनुमान गरिएको छ ।
२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्पको तुलनामा शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकप सानो हो । तर मानिसहरू घरभित्र मस्त निदाइरहेको समयमा भूकम्प गएका कारण निकै ठूलो मानवीय तथा पशु चौपायको क्षति हुन पुगेको छ । भूकम्प भनेको बाढी पहिरोजस्तो पूर्व संकेत दिएर आउने प्राकृतिक विपत्ति होइन । आए पछि मात्रै थाहा हुन्छ, तर त्यतिन्जेल गम्भीर क्षति पु¥याइसकेको हुन्छ । जतिसक्दो छिटो उद्धार तथा राहत प्रदान गर्नुबाहेक अर्को विकल्प रहँदैन । केन्द्रविन्दु रहेको क्षेत्र अत्यन्त विकट भए पनि सरकारले राहत र उद्धारका लागि देखाएको तदारुकताप्रति स्थानीय जनताबाट खासै गुनासो सुनिएको छैन । दुर्गम ठाउँ भए पनि २०७२ सालको तुलनामा यसपटक सरकारी पक्षको उद्धार कार्य चुस्त देखिनुको मुख्य कारण विगतको अनुभव पनि हो ।
आठ वर्षअघि उद्धारका क्रममा अनुभव प्राप्त जनशक्ति परिचालन गर्ने अवसर यसपटक प्राप्त भएको छ । साथै यसपटक स्थानीय सरकारले उद्धारका काम गरेको छ, विगतमा स्थानीयतहमा जनप्रतिनिधि नहुँदा राहत उद्धारमा कठिनाइ भएको थियो, राहत वितरण सहज हुन सकेको थिएन । तर यसपटकको राहत र उद्धारका लागि मुख्य समस्या भनेको आसपासमा सुविधा सम्पन्न अस्पताल नहुनु र ठूला एयरपोर्ट नहुनु हो । क्षति पु¥याउने भनेको भूकम्पले भन्दा पनि कमजोर भौतिक संरचनाले हो । उदाहरणका लागि केही वर्षअघि जापानमा आठ रेक्टर स्केलको भूकम्प आउँदासमेत एक जना पनि मानवीय क्षति भएन । किनकी भूकम्पका अनुभवबाट पाठ सिकेर जापानले बलिया भौतिक संरचना निर्माण गरेको थियो । यस्तो पाठ हामीले कहिले सिक्ने ? भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण हो । २०७२ सालको भूकम्पबाट यस्तो पाठ सिक्न नसकेकै कारण शुक्रबार जाजरकोटको सानो रेक्टर स्केलको भूकम्पले पनि ठूलो क्षति पु¥याएको हो ।
ढुंगो–माटोले बनेका बहुतले परम्परागत घरहरू भूकम्पका बेला धराप सावित हुन्छन् भन्ने कुरा २०७२ सालको भूकम्पले पुष्टि गरिसकेको थियो । त्यसैले त्यो बेलाको भूकम्प प्रभावित क्षेत्रमा घर निर्माण गर्दा सुरक्षाको मापदण्ड अपनाइएको छ । यस्तो सुरक्षाको मापदण्ड त्यतिबेलै देशभरी नै अपनाउनुपर्ने थियो । त्रुटी यहीँ निर भएको हो । यस्तो विपत्तिका बेल राहत तथा उद्धार कार्यमा तत्काल जुट्नु र सरकारलाई साथ सहयोग गर्नु सबै नेपालीको कर्तव्य हो । पश्चिम नेपालको पहाडी भूभागभित्र पर्ने रुकुम पश्चिम, जाजरकोट जिल्लाको सबै अधिकांश घरहरू परम्परागत शैलीमा निर्मित छन् । संघीयतासँगै बनेका स्थानीयतह भएपछि अलि अलि कहीँकतै पिलरवाला घर देख्न सकिन्छ तर जति घर निर्माण भएका छन् न त न्यूनतम भवन आचारसंहितामा रहेर निर्माण गरेको पाइन्छ । न त प्राविधिकको निगरानी सल्लाह लिएर निर्माण गरिन्छ । घरधनीले ठेकेदारलाई प्राविधिक मानेर ठेकेदारकै विश्वासमा मनपरी ढंगले निर्माण गरिएको संरचनाले गर्दा अहिले भूकम्पले ठूलो जनधनको नोक्सान बेहोर्नुपर्ने अवस्था आएको छ ।
पहाडी भेगमा जसरी पहिले परम्परागत ढंगले निर्माण भएका लोड ब्यरिङ घर (ढुंगा माटाको घर) छन् । त्यहि प्रविधिलाई सिको गरेर एकदमै जोखिम संरचना निर्माण हुँदै आएका छन् । यस निर्माण प्रक्रियालाई पनि जुन निर्माण हुँदै आएका लोड ब्यरिङ घर छन् । यसलाई पनि भूकप प्रतिरोधात्मक बनाउन सकिन्छ तर यहाँ जनतालाई यो विषयमा ज्ञान सीप भने केही छैन ।
आफूले निर्माण गरेको संरचनाले आफँैलाई घातक र जिन्दगीभर दुःख गरेर निर्माण गरिएको आफू बस्ने घरले आफैँलाई घातक गर्छ भन्ने कसलाई के थाहा ? यो विपत् आउँछ भन्ने के थाहा ? तर आयो । जुन ६ दशमलव ४ रेक्टरको भूकम्पले गर्दा अहिले पश्चिम नेपालको रुकुमपश्चिम र जाजरकोटमा ठूलो जनधनको नोक्सान भयो । अहिके यहाँ बस्ने घर छैन, अझै भूकम्प आउँछ कि भन्ने त्रास छ । त्रासकै कारण हजारौँ मानिस खुल्ला आकाशमुनि सुत्न बाध्य छन् । सबै नागरिक सडकमा बस्न बाध्य छन् । घर ठाडो देखिए पनि बस्न योग्य छैन । चिराचिरा परेको छ । तीन तला ढुंगामाटाको घर, त्यसमाथि जुन घर छाना पनि ढुंगाले नै छाइएको छ । यस्तो जोखिम घरमा कसरी बस्नु भन्ने चिन्ता अधिकांशलाई छ । अहिलेको अवस्थामा राहत उद्धार र पुनःस्थापनाको आवश्यकता छ । सिंगो गाउँ शोकमा छ । कति घरबारविहीन घाइते भएका छन् । हालसम्म रुकुमपश्चिममा ५३ जना र जारजकोटमा १ सय ३ जनाको मृत्यु भइसकेको छ र सयौँ घाइते अवस्थामा छन् ।
बाँकी रहेका संरचनालाई पछि आउन सक्ने विपतलाई मध्यनजर गर्दै अब भूकम्प प्रतिरोधात्मक बनाउने र बन्ने घरलाई पनि प्राविधिकको सल्लाहअनुसार भवन आचारसंहितामा प्रयोग गरेर सबै स्थानीय तहले अनिवार्य लागू गर्ने र निर्माण गर्नुको विकल्प छैन । पुराना र कमजोर भौतिक संरचना नै भूकम्पबाट मृत्युको प्रमुख कारण हो । भूकम्प प्रतिरोधी भौतिक संरचनाले भूकम्पका बेला मानवीय क्षति धेरै कम गर्छ । प्राविधिक स्टमेटविना घर निर्माण गर्ने हाम्रो परम्परागत शैलीले नै बढी जोखिम निम्त्याएको छ । भूकम्पले आफैँले मार्दैन कमजोर, अव्यस्थित भौतिक संरचनाले किचेर मार्ने हो । स्थानीय सरकारसँगै सहरीकरण हुँदै जाँदा भौतिक संरचना भूकम्प प्रतिरोधी बनाउनमा ख्याल नै राखिएन । त्यसो गरेर संरचना बनाएको भए भूकम्प जाँदा धेरै जनधनको क्षति हुने थिएन ।
नेपालमा धेरैजसो बनेका नयाँ घरहरू मापदण्डअनुसार नै छन् । तर, पुराना भौतिक संरचना भने भूकम्प आएमा धराप सावित हुने निश्चित नै छ । अहिले पनि थोरै पैसा कम खर्चका लागि मापदण्डअनुसार घर नबनाउने गरेको पाइन्छ । कमजोर घर छिमेकीका लागि पनि धराप हो । ०७२ सालमा भूकम्पले ठूलो क्षति पु¥याएपछि सरकारी स्थलमा बन्ने संरचनाहरू भने भूकम्प प्रतिरोधी बनाउने गरिएको छ । तर, व्यक्तिगत रूपमा हुने निर्माणमा लापरवाही अझै पनि पाइने गरेको छ । जसको कारण हामीले भूकम्पबाट ठूलो मानवीय क्षति बेहोर्नुपर्ने हुन्छ ।
भूकम्पका लागि जोखिमपूर्ण मुलुकको रूपमा चिनिने नेपालमा भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न जरुरी छ । १९९० सालमा आएको भूकम्पलाई महाभूकम्प नाम दिइएको थियो । २०४५ सालमा आएको भूकम्पले पनि पूर्वी नेपालमा नराम्ररी क्षति ग¥यो । त्यस्तै २०७२ सालमा आएको भूकम्पलाई महाविनाशकारी नाम दिइयो । २०८० मा पश्चिम नेपालमा आएको भूकम्पले ठूलै जनधनको क्षति ग¥यो । अरू सानातिनाको त हिसाब नगरौँ । तर भूकम्पको जोखिम बढ्दो भए पनि त्यस अनुरूपको तयारी भने हुन सकेको छैन । भूकम्पको जोखिममा रहेको नेपालमा मापदण्ड विपरीतका घरहरू धमाधम बनिरहेका छन् । सुरक्षाविहीन वस्तीहरू बढ्दो छन् भने भाग्नसमेत नभ्याउने गरी टोलटोलमा घरहरू थपिने क्रम जारी छ । त्यसैले पनि बस्ती निर्माण गर्दा भूकम्पीय जोखिमलाई पहिलो प्राथमिकतामा राख्न जरुरी छ ।
(आठबिसकोट–९ रुकुम पश्चिमका सबइन्जिनियर बटाला लामो समयदेखि भूकम्प प्रभावित क्षेत्र गोरखामा पुनर्निर्माणमा कार्यरत छन्)
प्रतिक्रिया