रास्वपा सभापति लामिछानेले लगाए दिदीहरूको हातबाट भाइटीका

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन् । बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन् ।

उनीसँगै दाइ हरिशरण लामिछानेले पनि लक्ष्मी र दुर्गाको हातबाट टीका लगाएका छन् । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो ।

भाइटीकाको उत्तम साइत बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

प्रतिक्रिया