काठमाडाैं । नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा एक हजार अस्थायी आवास निर्माणका लागि श्रमदान गर्ने भएको छ । भूकम्प प्रभावित क्षेत्रमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पुगेर काडमाडाैं फर्किएका छन् । महामन्त्रीहरूले प्रभावित क्षेत्रमा पुगेर त्यहाँकाे आवश्यकताबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै श्रमदान गर्ने बताएका हुन् । कांग्रसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आज ११ बुँदे ध्यानाकर्षणपत्र बुझाएकाे हाे ।
कांग्रेसले बुझाएको ध्यानाकर्षणपत्र
प्रतिक्रिया